पोखराका ५ जनासहित कास्कीमा ६ संक्रमित थपिए

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पोखरा महानगरका ५  जना सहित कास्की जिल्लामा ६  जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

निर्देशनालयले पोखरा महानगरका ५  वटा वडाका ४  पुरुष तथा १  महिला र कास्कीको माछापुच्छ्रे गाउँपालिकाका १ पुरुषमा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार पोखरा ५ का ५७ वर्षीय पुरुष, पोखरा ८ की १७ वर्षीया महिला, पोखरा १० का ३६ वर्षीय पुरुष,  पोखरा १२ का २२ वर्षीय पुरुष , पोखरा २५ का २६ वर्षीय पुरुष तथा कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ का ५७ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

माछापुच्छ्रे गाउँपालिकाका पुरुष कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेको र अन्य सबै स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा कोरोना परीक्षणको लागि आएका व्यक्ति रहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको  सँख्या ३ हजार ४ सय ८  पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button