पोखराका १३ जनासहित गण्डकी प्रदेशमा ३० संक्रमित थपिए

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पोखरा महानगरका १३  जना सहित गण्डकी प्रदेशमा  थप ३० जनामा  कोरोना संक्रमण पुष्टि भएको  जनाएको छ । निर्देशनालयले पोखरामा कार्यरत ६ जना प्रहरीसहित महानगरका ५ वटा वडाका १०  पुरुष तथा ३  महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार पोखरा ६  का ३२  वर्षीय पुरुष तथा २५ वर्षीया महिला , पोखरा ७ का ३८ वर्षीय पुरुष तथा नेपाल प्रहरीमा कार्यरत २४, २५ , २८, ४०, र ४२ -४२ वर्षका पुरुष, पोखरा १७  की २७ वर्षीया महिला तथा ४५ वर्षीय पुरुष , पोखरा २२ का २२ वर्षीय पुरुष एवं पोखरा २३ की ४४ वर्षीया महिलामा कोरोना देखिएको हो ।

त्यसैगरी लमजुङ सुन्दरबजारका वडा नम्बर ६ , ९ र १० ६ वर्षका बालकसहित ५५ वर्ष उमेर समुहका  ७ जना पुरुष तथा ६ वर्षीया बालिकासहित ५० वर्ष उमेर समुहका ८ जना महिला एवं तनहुँ जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा उपचाररत १२ वर्षीया बालिका र २१ वर्षीय पुरुषमा कोरोना देखिएको  निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ३८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button