राप्रपा उठाउँछौं :कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा उठाएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

आज पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरे । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई जनतामाझ जान आग्रह गर्दै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए ।

राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पीक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागिहरुलाई विश्वास दिलाए । पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफु इमानदारीपूर्वक लाग्ने थापाले बताए ।

गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना संकट, पार्टी एकता र भावी कार्ययोजना बारे पछिल्लो समय प्रविधीको सदुपयोग गर्दै निरन्तर बैठक गरिरहेका छन् । जनवर्गीय संगठनका नेताहरुले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी सांगठानिक गतिविधीलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठकमा २१ जनवर्गीय संगठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिबालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button