हाम्रो समाजले बाँचेका जीवनहरु संसारलाई भन्न मन छ : महेश त्रिपाठी

पोखरा ।अभिनेता महेश त्रिपाठीको जन्म पोखरा महानगरपालिका वडा नम्बर २४ मौलामा भएको हो । उहाँ बाल्यकालदेखिनै चलचित्रप्रति आर्कषित हुनुहुन्थ्यो । ‘स्कुल पढ्ने क्रममा गाउँमा बल्ल विजुली गएको थियो । सो समयमा गाउँमा श्यामश्वेत टेलिभिजन थियो । हतार–हतार काम सकेर टिभि हेर्न गइन्थ्यो । सायद ग्लामर्सतर्फ आर्कषण भएर होला’ बाल्यकाल सम्झदै उहाँले भन्नुभयो ।

उहाँ सानो उमेरमानै रोर्वट बनाएर चर्चामा आएका व्यक्ति समेत हुनुहुन्छ । उहाँलाई साइन्सतर्फ उतिकै रुचि थियो । फलस्वरुप एसएलसी उत्र्तिण भएपछि इञ्जिनियरिङ अध्ययन गर्नुभयो । उहाँको मनबाट चलचित्र प्रति आर्कषण रत्तिभर घटेको भने थिएन । निकट भविष्यमा कलाकारिता क्षेत्रमानै लाग्छु भन्ने उहाँलाई थियो । उहाँ चलचित्र क्षेत्रमा लागेको समेत बाह्र वर्ष भइसक्यो । यो अवधिमा उहाँले सिकाईलाई बढी प्राथमिकता दिनुभयो ।

इन्जिनियरिङ अध्ययन पश्चात चलचित्र क्षेत्रमा लाग्ने सोचले उहाँ काठमाण्डौ जानुभयो । उहाँको कसैसँग चिनजान थिएन । नेटवर्किङ थिएन । काठमाण्डौ बसाईमा टिभि सिरियलमा काम गरेका निर्देशकसँग उहाँको भेट भयो । केहि बुझ्ने मौका पाउनुभयो । सिरियल भन्दा उहाँलाई चलचित्र क्षेत्रमानै अगाडि बढ्ने हुटहुटी थियो । सोही कारण स्वम अध्ययनले मात्र चलचित्र क्षेत्रमा पुग्छ भन्ने उहाँलाई लागेन ।

सिरियल भन्दा फराकिलो क्यानभास चलचित्रमा हुन्छ भन्ने बुझेर यो क्षेत्रमा स्थापित हुन पढ्नुपर्छ भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो । इञ्जिनियरिङमा व्याचुलर गरिसकेको व्यक्तिले फेरि चलचित्रमा व्याचुलर गर्ने कि नगर्ने दोधार भयो । अन्तमा अध्ययन गरि छाड्ने निर्णयमा पुग्नुभयो । तुरुन्तै फिल्म कलेजमा भर्ना हुनुभयो । तहाँ अध्ययनगर्दा आफुमा निखारता मात्र थप्नुभएन चलचित्र क्षेत्रमा अगाडि बढेका र बढ्न खोज्ने व्यक्तिसँगको भेटले उत्साह थपिदियो ।

यो दौरानमा चलचित्र विधामा आफ्नो पढाइ मात्र पुरा नगरी करिब पाँच सय जति छोटा चलचित्रमा अभिनय गुर्नभयो । ति चलचित्र स्वदेशी तथा बिदेशी चलचित्र महोत्सवमा समेत छनोट भएका छन् । केही बिदेशी फिल्ममा समेत उहाँले अभिनय गुर्नभयो ।

युरोपियन, अमेरिकन, जापानीज निर्देशकसँग संगतगर्ने अवसर उहाँले पाउनुभयो । थिएटरमा पुगेर अभिनयकलामा थप निखारता थप्नुभयो । उहाँले अहिले ओष्कार इन्टरनेशनल कलेजमा चलचित्र सम्बन्धी अध्ययन गर्ने विद्यार्थीमाझ प्राध्यापन पेशा मार्फत आफ्नो ज्ञान बाडिरहनु भएको छ । उहाँले अभिनय गरेका दुई नेपाली चलचित्र चपलिहाइट–३ र हल्कारा प्रदर्शनको क्रममा रहेका थिए । तर कोरोना महामारीका कारण प्रर्दशन स्थगीत भयो । यि चलचित्रबाट उहाँ निकै आशावादी हुनुहुन्छ ।

कोरोना महामारीका कारण यतिबेला भने उहाँको दैनिकीमा केही परिववर्तन आएको छ । चैत्र ११ अगाडि उहाँका दैनिकहरु सहज थिए । चलचित्र कर्ममा नै ब्यस्त हुनुहुन्थ्यो । चलचित्र चपलिहाइट–३ र हल्लकारा को छायांकनमा मात्र नभएर क्याम्पसमा अध्यापनको काममा समेत उतिकै सक्रिय रहनुभएको थियो ।

लकडाउन सुरु हुनुभन्दा केहि दिन अघि काम बिशेषले उहाँ जन्मठाउँ पोखरामा आउनुभयो । कोरोनाका केसहरु देखिन थाले पछि सरकारले लकडाउन घोषणा भयो । पोखरामा भएको हुनाले उहाँ काठमाडौ जान पाउनुभएन । पोखरा घरमानै बस्नुभयो । सुरु–सुरुमा उहाँलाई यो अवस्था धेरै लामो समय नरहला भन्ने लागेको थियो । तर लकडाउन लम्बिदै गयो । हुनत १७ वर्ष पछाडि लामो समय परिवारसँग बस्ने अवसर उहाँलाई मिल्यो । आफू जन्मेको हुर्केको समाज परिवेशसँग फेरि घुलमिल हुने मात्र नभएर बिगतका आफ्ना काम हरुको पुनरावलोकन गर्ने अवसर उहाँले पाउनुभयो । टु द याक्टर बाइ माईकल चेकब, नो एाक्टिङ पिलिज सहित केही नेपाली लेखकद्धारा लिखित विभिन्न पुस्तक पढ्ने अवसर मिल्यो । समय अभावका कारण हेर्न नपाएका केहि महत्वपुर्ण चलचित्रहरु हेर्ने र सामान्य कृषि कर्महरुमा समय व्यतीत गर्न उहाँले पाउनुभयो ।

‘लकडाउन खुलेनी केहि कुराहरुमा भने प्रतिबन्ध नै थियो जस्तै म जोडिएको पेशा चलचित्र र सिनेमाघरहरु विश्वबिद्यालय विद्यालयमा प्रतिबन्ध नै छ त्यसैले खासै उपलब्धि मुलक बन्न सकिरहेको छैन’ उहाँले भन्नुभयो । उहाँलाई केही नयाँ चलचित्रका स्क्रिफ्टहरु आएका छन् । तिनको अध्ययन र चरित्र निर्माणको काममा उहाँ अहिले लागिरहनुभएको छ । चलचित्र सम्बन्धित अनलाइन कार्यक्रमहरु र अन्र्तवार्तामा सहभागी उहाँ हुनुभयो । लकडाउन खुलेपनि कोभिडका केसहरु बढेका कारण सहज रुपमा अरु कामहरुमा पहिलेकै जसरी फर्कन सक्ने स्थिति छैन त्यसैले पुरानै अवस्थामा उहाँको दैनिकि फर्कन सकेको छैन । अब दैनिकिलाई सहज बनाउदै लानुपर्ने उहाँको भनाई छ ।

उहाँ भन्नुहुन्छ–‘कोरोना महामारीका कारण बिश्वब्यापी रुपमा मानव सम्प्रदाय नै संकटमा परेको छ । यस संकटमा मानव सम्प्रदायका लागि नयाँ चुनौतीहरु थपिएका छन् । कोरोनाबाट वच्न हाम्रा आनिबानिलाई बैज्ञानिक बनाउदै परिवर्तन गर्दै अब दैनिकीलाई सहज बनाउदै अगाडि बढ्नु पर्छ भन्ने लाग्छ ।’

अब अझ नयाँ तरिकाले चलचित्र क्षेत्रमा नै क्रियाशील हुने उहाँको योजना छ । ‘अब अझ नयाँ तरिकाले चलचित्र क्षेत्रमा नै क्रियाशील हुने छु कोरोना महामारीसँग सचेत रहदै जीवन चलाउने भन्दा अर्को छुट हामीलाई अहिले छैन तसर्थ भौतिक दुरी कायम गर्दै आगामी दिनमा आगाडि बढ्ने सोच बनाएको छु’ उहाँले भन्नुभयो ।

अहिलेको परिवेश भनेको अत्यन्तै कठिन अवस्थाबाट मानव समुदाय गुजारा गरिरहेको परिवेश हो । हाम्रो पुस्ताका लागि यसरी महामारीले घर भित्रै रहनु पर्ला र मानिस मानिसबिच भौतिक दुरी कायम गर्नु पर्ला भन्ने कल्पना सम्म गरेका थिएनौं । तर मानवता जगाउदै भोलिको सुन्दर कल्पना गर्दै हामी सवै मानव सम्प्रदाय माथि उठ्नु पर्दछ । हामी अवश्य जित्ने छौं । भ्याक्सिनहरु निर्माण र परिक्षण भएका छन् । आशा छ चाडै सकारात्मक परिणाम आउने छन् । त्रिपाठीले भन्नुभयो ।

राज्य आफ्ना नागरिक प्रति जिम्मेवार बन्न र उत्तरदायी बन्न जरुरी रहेको उहाँको भनाई छ । ‘मानव सम्प्रदायले यस्ता धेरै संकटहरुलाई जितेको छ कि मैले एक छाक खाएर बाचेको छु भने मेरो नेतृत्वले पनि एक छाक नै खाएको छ भन्ने विश्वासले, त्यसैले राज्य आफ्ना नागरिक प्रति जिम्मेवार बन्न र उत्तरदायी बन्न जरुरी छ । यहि अपेक्षा ,राखेको छु’ उहाँको आग्रह छ ।

हाम्रो समाजमा रहेका कथाहरुलाई चलचित्रका माध्यमबाट विश्वभर पु¥याउने त्रिपाठीको सपना छ । ‘हामीले हाम्रो समाजले बाचेका जीवनहरु चलचित्रका माध्यमबाट संसारलाई भन्न मन छ’ उहाँले भन्नुभयो । उहाँलाई समाजको चरित्र निर्वाह गर्न मन लाग्छ । नेपाली समाजमा चलचित्रलाई रमाइलोको रुपमा मात्र लिने गरको देखिन्छ । ‘चलचित्र अध्ययनको विषय हो, खोजको विषय हो भन्ने भावना अझै विकास भइसकेको छैन । यहाँ सिनेमा कल्चर छैन । घरपरिवारले पनि चलचित्र हेर्नेलाई राम्रो नमान्ने चलन छ तर चलचित्र क्षेत्र त्यस्तो होइन’ उहाँले थप्नुभयो ।

केही समय लागे पनि छिट्टै अवस्था फेरियर पहिलेको जस्तै हुने उहाँको आशा छ । अब चलचित्र निर्माण र प्रदर्शनमा पनि नयाँ आयामहरुको खोजी हुनु पर्ने उहाँको सुझाब छ । हाम्रो चलचित्रको बजार सानो छ । यसको परिधि फराकिलो बनाउदै अन्तरास्ट्रिय स्तरमा नेपाली चलचित्र लैजाने नयाँ अनलाइन पल्याटफर्महरुको पनि खोजी र बिकास गर्नुपर्नेमा उहाँको जोड छ ।

चलचित्र क्षेत्र सोचेजस्तो सजिलो नभएको उहाको भनाई छ । ‘चलचित्र क्षेत्र सोचे जस्तो छैन । सर्घषपूर्ण छ । स्किल बनाउनुपर्छ । अवसर पाएर मात्र हुँदैन । उपस्थिति दमदार बनाउन सक्नुपर्छ, चलचित्रमा चम्किला अनुहार मात्र देखाउने हैन, समाजका ‘र’ अनुहार देखाउनुपर्छ’ उहाँ भन्नुहुन्छ । अब कोरोनाबाट बच्ने उपायको पुर्ण पालना गर्दै चलचित्र घरहरु तथा चलचित्र निर्माणका कामलाई सुचारु गर्न अभिनेता त्रिपाठीको आग्रह छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button