पोखरामा आइतबार १९ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले पोखरामा कार्यरत ६ जना प्रहरीसहित महानगरका ११ वटा वडाका १५ पुरुष तथा ४ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार पोखरा ५ का ५७ वर्षीय पुरुष, पोखरा ६ का ३२ वर्षीय पुरुष तथा २५ वर्षीया महिला , पोखरा ७ का ३८ वर्षीय पुरुष तथा नेपाल प्रहरीमा कार्यरत २४, २५ , २८, ४०, र ४२ -४२ वर्षका पुरुष, पोखरा ८ की १७ वर्षीया महिला, पोखरा १० का ३६ वर्षीय पुरुष, पोखरा १२ का २२ वर्षीय पुरुष, पोखरा १४ का ४० वर्षीय पुरुष, पोखरा १७ की २७ वर्षीया महिला तथा ४५ वर्षीय पुरुष , पोखरा २२ का २२ वर्षीय पुरुष, पोखरा २३ की ४४ वर्षीया महिला, पोखरा २५ का २६ वर्षीय पुरुष तथा कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ का ५७ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

त्यसैगरी लमजुङ सुन्दरबजारका वडा नम्बर ६ , ९ र १० का ६ वर्षका बालकसहित ५५ वर्ष उमेर समुहका ७ जना पुरुष तथा ६ वर्षीया बालिकासहित ५० वर्ष उमेर समुहका ८ जना महिला एवं तनहुँ जीपी कोइराला राष्ट्रिय स्वाशप्रश्वास उपचार केन्द्रमा उपचाररत १२ वर्षीया बालिका र २१ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ३९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button