कास्कीसहित गण्डकी प्रदेशका ५ जिल्लामा थपिए ३८ कोरोना संक्रमित

पोखरा न्यूज। स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार कास्की जिल्लाला ४  जना सहित गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले कास्की सँगै  बागलुङका १४ जना, तनहुँका १७ जना, स्याङजाका २ जना र गोरखाका १ जना गरी गण्डकीका ३८ जनामा कोरोना भाइरस देखिएको  जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका ६  का ५७ वर्षीय पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ वर्षीय पुरुष तथा २० र ४३ वर्षीय महिलामा कोरोना देखिएको हो । त्यसैगरी तनहुँ सुक्लागण्डकीका ५ वटा वडाका ८ पुरुष तथा ९ महिला, बागलुङ ढोरपाटन  १ र ४ का ७ पुरुष तथा ७ महिला , स्याङजा पुतलीबजारका २९ वर्षीय पुरुष तथा ७२ वर्षीय महिला एवं गोरखा सिरानचोक ६ का ३३ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ७८ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button