बागलुङमा बैंक, होटल र स्वास्थ्य केन्द्रमा कार्यरतसहित थप १४ जनामा कोरोना पुष्टि

पोखरा न्यूज। स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बागलुङमा  थप १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ

निर्देशनालयका अनुसार बागलुङ ढोरपाटन  १ र ४ का ७ पुरुष तथा ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपाल बैंक लिमिटेड, हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन न.पा. कार्यालय, बुर्तिबाङ प्राथामीक स्वास्थ्य केन्द्र , धौलागिरी होटल, साईला होटल र  सिटी क्लिनिकमा कार्यरत ढोरपाटन  १ का २४, २८, ३०, ३१ र ३३-३३ वर्षका २ गरी ६ जना पुरुष तथा १९, २१, २४, २८, ३१, ४२ र ५८ वर्षका महिलामा मा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी भारतबाट आएर क्वारेन्टिनमा बसेका ढोरपाटन  ४  का ३१ वर्षीय पुरुषमा समेत कोरोना देखिएको हो  ।

सोमबार दिउसो बागलुङका १४  जना सहित कास्की जिल्लाला ४ जना, तनहुँका १७ जना, स्याङजाका २ जना र गोरखाका १ जना गरी गण्डकी प्रदेशका ३८ जनामा कोरोना भाइरस देखिएको  जानकारी दिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ७८ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button