तनहुँमा ८ जना बालबालिकासहित थप १७ जनामा कोरोना पुष्टि

पोखरा न्यूज। स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार तनहुँमा  थप १७  जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार तनहुँ सुक्लागण्डकीका ५ वटा वडाका ८ पुरुष तथा ९ महिलामा  कोरोना संक्रमण पुष्टि भएको हो । सुक्लागण्डकी ५ का ११ र १२ वर्षीय २ बालक, ५२ र ५७ वर्षका २ पुरुष तथा ९, १२, १४, १६, १६ र १७ वर्षका गरी ६ बालिका, १९, १९ र ३६ वर्षीया महिला, सुक्लागण्डकी ६ का ४२ वर्षीय पुरुष, ८ का ५० वर्षीय पुरुष, १० का ३६ वर्षीय पुरुष तथा ११ का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जानकारी दिएको हो ।

सोमबार दिउसो तनहुँका १७ जनासहित कास्की जिल्लाला ४ जना, बागलुङका १४  जना , स्याङजाका २ जना र गोरखाका १ जना गरी गण्डकी प्रदेशका ३८ जनामा कोरोना भाइरस देखिएको  जानकारी दिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ७८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button