स्याङ्जामा एकै दिन ४८ फरार प्रतिवादी पक्राउ

पोखरा न्यूज । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन ४८ जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले त्यो संख्यामा फरार प्रतिवादीहरु पक्राउ गरेको हो ।

स्याङ्जा जिल्ला अदालतबाट कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका बिभिन्न मुद्दामामा सजाय तोकिएका तर फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जानकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्दाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको छ ।

पक्राउ गरिएका मध्ये हाडनाता करणी मुद्दाका २ वर्ष कैद तोकिइ बिगत २३ वर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा हरिनाश गाउँपालिका–५ बस्ने वर्ष ६४ को कर्णबहादुर मह भन्ने कर्णबहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्दामा २ वर्ष कैद तोकिई बिगत १५ बर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा चापाकोट नगरपालिका ४ बस्ने वर्ष ४५ को भक्त सुनारी मगर र डाँका चोरी मुद्दामा ६ वर्ष कैद तोकिई बिगत १० वर्षदेखी फरार रहेका जिल्ला स्याङ्जा हरिनास गाउँपालिका १ बस्ने वर्ष ६२ को लालबहादुर नाम्जालीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button