चलचित्र क्षेत्र पूर्ववत अवस्थामा फर्काउने तयारी

पोखरा न्यूज ।  कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । यसरी प्रभावित भएको चलचित्र क्षेत्रलाई पुनः पूर्ववत अवस्थामा फर्काउन खोजिएको छ । यसको लागि चलचित्र विकास बोर्डले पहल गरिरहेको छ । यसले लामो समयसम्म चलचित्र क्षेत्र ठप्प हुँदा समस्यामा परेका चलचित्रकर्मी र उनीहरुको आश्रीत परिवारमा आशा जगाएको छ ।

नेपाली चलचित्र क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने तयारी भइरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउनुहुन्छ । विकास बोर्डले नीतिगत रूपमा गर्नुपर्ने सबै पहल गरिरहेको उहाँको भनाई छ । ‘यो अप्ठ्यारो स्थितिमा सिनेमाघर खुलेपछि प्रर्दशनमा आउने चलचित्रलाई राहत स्वरुप इन्कोडिङका कुराहरु भिपिएन चार्जका कुराहरु, पब्लिसिटी छपाईका कुराहरुमा बोर्डले सहयोग गर्दैछ’ पोखरा न्यूजसँग कुरा गर्दै अध्यक्ष दाहालले भन्नुभयो ।

चलचित्र क्षेत्रको प्रचारप्रसारका लागि सरकारी मिडियामा विज्ञापन बजाउँदाखेरी सत प्रतिशत छुट गराउन नमिल्ने भएकोले अधिकतम ६० प्रतिशतसम्म छुट गराउने प्रयास भैरहेको उहाँले खुलाउनुभयो । यसमा लगभग समजदारी भइसकेको उहाँको दावी छ ।

दर्शकलाई चलचित्र क्षेत्रको बारेमा जानकारी गराउन महानगरपालिका अन्र्तगतका होडिङ बोर्डहरूमा र एफएम स्टेशनमा चलचित्र सम्बन्धी प्रचारप्रसार गर्ने तयारी गरिएको छ । सर्वसाधरणलाई सचेतना प्रदान गर्न यस्तो प्रचार केन्द्रित हुनेछ । कोभिडबाट सबै दर्शकलाई सुरक्षित गराएर चलचित्र हेर्न जनचेतनामुलक भिडियो क्ल्पिस टेलिभिजन मार्फत चाँडै प्रशारण गरिनेछ ।

सिनेमाघरहरुलाई पब्लिकको स्वास्थ्यलाई ध्यान दिएर चलचित्र प्रर्दशन गर्न विकास बोर्डले सहयोग गर्ने उहाँले बताउनुभयो । ‘दर्शकलाई प्रवेश गराउदा डिस्इन्फेक्सन गर्ने, पिपिई लगाएका मानिसले सर्भिस गर्ने मास्क र सेनिटाइजर लगाएर मात्र प्रवेश गराउने कुरामा सिनेमाघरमा पनि सहयोग गर्दैछ’ उहाँले थप्नुभयो ।

यसका अलावा अरु गर्नुपर्ने नीतिगत कुराहरु, सरकारी मन्त्रालयगत गर्नुपर्ने कुराहरुलाई निर्माता संघ र चलचित्र संघको मागको आधारमा सम्बन्धित निकायमा सरोकार राख्ने संस्थाका मानिसलाई सँगै लिएर नेगोसेसन गराईरहेको चलचित्र विकास बोर्डको भनाई छ ।

‘चलचित्र संघका, निर्माता संघका अध्यक्ष, प्रतिनिधि र म गएर कोभिड १९ क्राइसिस मेनेजमेन्ट कमिटीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री इश्वर पोखरेललाई भेट्यौ । उहाँले सबै क्षेत्र खुले अब चलचित्र क्षेत्र पनि खुल्ने तयारीमा जानुपर्छ । त्यसको लागि मोडालिटी परिवर्तन गर्नुपर्छ भन्नुभयो’ दाहालले सुनाउनुभयो ।

चलचित्र प्रर्दशन गर्ने मोडालिटी पहिल्यै पठाइएको भएपनि उपप्रधानमन्त्रीको आग्रहपछि नयाँ मोडालिटी आइतबार लगेर बुझाइसकिएको छ । ‘अब बस्ने मिटिङले केही न केही निर्णय गर्ला की भन्ने अपेक्षा छ’ दाहालको आशा छ । चलचित्र प्रर्दशन गर्न सुरु गरेपनि ग्राफ एकैचोटी सतप्रतिशत नै पु¥याउछौँ भन्न सकिदैन । दाहाल भन्नुहुन्छ ‘अहिले हाम्रो ग्राफ जिरोमा छ अब हामी १, २, ३, ४ हुँदै अगाडि बढ्ने हो । त्यसको लागि आवश्यक सहयोग बोर्डले गर्छ, आवश्यक सहयोग सम्बन्धित संघ संस्थाले गर्नुप¥यो । मन्त्रालयगत तहका काम मन्त्रालयबाट हुनुप¥यो ।’

सम्पूर्ण लगानीनै बोर्डले गरिदिने, सम्पूर्ण पैसानै बोर्डले तिरिदिने भन्ने नभएको उहाँको प्रष्टोक्ति छ । गर्न सक्ने सबै नीतिगत कुराहरू, निर्माता संघ, चलचित्र संघ, कलाकार संघको माग अनुसार बोर्डले गरिरहेको छ । बोर्डले नसकेको कुरा सम्बन्धित निकाएमा फरवार्ड गरिएको र सोही ठाउँबाट अरु कुराहरू नेगोसेसन हुनेछ ।नेपाली चलचित्र क्षेत्रको विकासको लागि योजना बनाएर आफूले कार्य गर्न थालेको उहाँले बताउनुभयो । लामो सूची तयार पारेर एकपछि अर्को कार्य गर्दै चलचित्र क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उहाँको योजना हो ।

चलचित्र निर्देशक र गीतकार समेत रहनुभएका दाहाल नेपाली चलचित्रको कथाप्रति गरिने टिकाटिप्पणीको कुनै अर्थ नरहेको बताउनुहुन्छ । कथाको कुनै स्वरुप नहुने उहाँको दावी हो । ‘कथाको कुनै स्वरुप हुँदैन, कुनै आकार हुँदैन, कुनै व्यक्ति विशेषले परिभाषा दिएर कथा बन्ने होइन । कथा समाजमा आफै बनिरहेको हुन्छ । त्यसलाई समाजका बढीभन्दा बढी मानिसको भावनालाई समेटेर कसरी लान सकिन्छ भन्ने चलचित्र निर्माण गर्नेले प्रयास गर्नुप¥यो’ उहाँको सुझाब छ ।

कथा बनाउने कुनै फर्मुला र सूत्र यो दुनियामा हुँदैन । सिनेमा मेकिङको पनि कुनै फर्मुला दुनियामा छैन । जस्ले सिनेमाको आविष्कार ग¥यो उसँग पनि फर्मुला छैन । सिनेमा मैल कुन देश कुन भुगोलमा बसेर बनाउदैछु बढी भन्दा बढी मानिसलाई मैले कसरी बुझाउन सक्छु भन्ने भाषा नै सिनेमाको प्रस्तुती हो । त्यहि प्रस्तुतीमा जादै आम मानिसको भावना समेटिनुपर्छ । कथा समय र समाजले आफै सिर्जना गर्छ । उहाँले भन्नुभयो ।

नेपाली चलचित्रमा देखिने गरी गुणात्मक परिवर्तन ल्याउने तयारीका साथ आफुले काम गरिरहेको समेत उहाँको भनाई छ ।
कोरोना महामारीका कारण अहिले ५० वटा जति नेपाली चलचित्र सुटिङ सकेर, पोष्ट प्रोडक्सनमा बसेका छन् । २५ वटा जति चलचित्र प्रर्दशनको मिति तय भए पनि प्रर्दशन हुन नसकी रोकिए । यसरी हेर्दा एक अर्ब १५ करोड रुपैयाँ लगानी भई फ्रिज भएको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै जनालाई रोजगारीको अवसर चलचित्र क्षेत्रले दिलाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button