पोखराका पर्यटन व्यवसायी भन्छन “पर्यटन पूर्वास्थामा फर्कन समय लागेपनि हामी उत्साहित छौं “

पोखरा न्यूज  । पोखरेली पर्यटन व्यवसायीहरुले पोखराको पर्यटन पूर्वास्थामा फर्कन समय लाग्ने बताएका छन ।

नेपालमा असोज ५ गतेबाट आन्तरिक हवाई उडान तथा असोज १ गतेबाट सार्वजनिक यातायातका साधन सञ्चालनमा आए पनि यहाँको  पर्यटन पुर्वास्थामा फर्कन भने  समय लाग्ने पर्यटन व्यवसायीहरुले बताएका हुन ।

कोभिड १९ को महामारी सँगै ६ महिना देखि वन्द भएको पर्यटन व्यवसाय संचालन हुन् थालेको भएतापनि कोभिड १९ ले समग्र अर्थतन्त्रलाई नै असर पारेकोले मानिसहरु भ्रमणमा निस्कन तथा खर्च गर्ने क्षमताको वृद्धि गर्न समय लाग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताउनुभयो ।

पोखरा न्यूज  सँग कुरा गर्दै  अध्यक्ष  पोखरेलले आन्तरिक हवाई उडान र यातायातका साधनहरु खुला रहेको  अहिलेको अवस्थामा

पोखरेली पर्यटन व्यवसायीमा  उत्साह थपिएको भएपनि चुनौती पनि उतिकै रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“पोखराका पर्यटन व्यवसायी  पर्यटकलाई स्वास्थ्यका सवै मापदण्ड अपनाउँदै सेवा दिन तयार रहेका छन् , कोभिडको सन्त्रासबाट मुक्त भएर पाहुनाहरु पोखरा घुम्न निस्कनलाई आट गर्नुपर्यो  ।”

पोखरा घुम्न आउन इच्छुक धेरै पर्यटकहरु पोखरा ढुक्क सँग आउने वातावरण बनाउन पोखराका पर्यटन व्यवसायीहरु सरकार सँग हातेमाले गर्दै अगाडी वढन समेत तयार रहको  समेत अध्यक्ष पोखरेलले बताउनुभयो । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नितीगत तहबाट थालनी गर्नुपर्ने  औल्याउँदै उहाँले पर्यटकहरुको बसाईलाई सुलभ बनाउन  कर छुट लागायतका व्यवस्था गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“अहिलेको विषम परिस्थितीमा पर्यटकहरुलाई सेवा दिन र  पर्यटनलाई चलायमान बनाउन जसरी व्यवसायी आतुर छन त्यो रुपमा अघि वढाउन राज्यले समेत हातेमालो गर्न अपरिहार्य छ ।”

सरकारद्वारा सार्वजनिक सवारीहरु, पर्यटकीय सवारीहरु र आन्तरीक उडानलाई सुचारु गर्न दिइएको अनुमतिलाई स्वागत गर्दै विश्व स्वास्थ्य संगठनको गाइडलाइन र नेपाल पर्यटन बोर्डको सुरक्षा मापदण्डलाई  पूर्णरुपमा पालना गरी पोखराका  सम्पूर्ण होटल, रेष्टुरेन्ट,  ट्रेकिङ, ट्राभल लगायतका अन्य पर्यटकीय गतिविधिहरु शुचारु भएको अध्यक्ष  पोखरेलले बताउनुभयो ।

आन्तरिक हवाई उडान र सार्वजनिक यातयातको सञ्चालनले पोखराको पर्यटनमा नयाँ सन्देश प्रवाह भएको  पर्यटन व्यवसायी  नरेश भट्टराईले बाताउनुभयो  । “लामो समय देखि वन्द भएको पर्यटन व्यवसाय उठन समय त  लाग्छ नै  तर हवाई उडान तथा यातायतको सञ्चालनले उत्साह भने पक्कै थपेको छ ।” माउन्ट कैलाश रिर्सोटका सञ्चालक समेत रहनुभएका  उहाँले वाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटक पोखरा भित्राएर हामी सुरक्षित छौं भन्ने सन्देश दिन सके त्यसले ठूलो उपलव्धी दिलाउने  बताउनुभयो ।

थला परेको पर्यटन व्यवसायलाई उकास्न सरकारले ठोस पहल थाल्न नसकेको बताउँदै उहाँले नेपाल सरकारले पर्यटनको बिकासका लागि   आन्तरिक हुँदै अन्तर्राष्ट्रिय वजार सम्म आकर्षित  हुने गरी  वातावरण बनाउन  पहल शुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भट्टराईले भन्नुभयो–“यो वर्ष पर्यटनको व्यवसायले खर्च धान्न समेत मुस्किलनै हुनेछ, तर हामी व्यवसाय खोलेर पोखरा शुरक्षित छ भन्ने सन्देश दिन चाहन्छौ , सरकारले आफ्नो तवरबाट पहल गरोस ।” पोखराको पर्यटन पूर्ण रुपमा सञ्चालन हुन अझै समय लाग्न सक्ने बताउँदै रोग सँग डराएर व्यवसाय बन्द गर्नु भन्दा पनि विस्तारै व्यवसाय अघि वढाउनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

पर्यटन व्यवसायी तथा प्याराडिसो स्पोर्टस वार एण्ड ग्रिलका सञ्चालक गोपी भट्टराईले हवाई उडान तथा यातायात शुचारु हुँदा  पोखराका  पर्यटनका व्यवसायी उत्साहित भएको धारणा राख्नुभयो । “उत्साह सँगै चुनौती पनि रहेका छन, अहिले नै अन्तर्राष्ट्रिय पर्यटक आउँछन भन्दा पनि आन्तरिक पर्यटक कसरी भित्राउन सकिन्छ भन्ने वारे सोच्न आवश्यक छ ।” पोखरा सुरक्षित छ  भन्ने सन्देश देशभर पुर्याउन आवश्क्य रहेको उल्लेख गर्दै उहाँले केही समय लागे पनि पोखराको पर्यटनले विस्तारै गतिलिने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष समेत रहनुभएका उहाँले  पर्यटन सँग सम्वन्धित निकाय समेत मौन भएर वस्दा  समस्या उत्पन्न भएको बताउँदै  पर्यटनलाई उठाउन तथा आन्तरिक सँगै वाह्य पर्यटक भित्राउन केही मुलुकहरुले सञ्चालन गरेका  कार्यक्रमहरु  उदाहरणिय रहेकोले त्यहाँवाट सिकेर लागु गर्नुपर्ने बताउनुभयो । हालको पर्यटन व्यवसायमा धेरै साना तथा मझौला व्यवसायीहरुको लगानी रहेकोले  उनीहरुलाई सरकारले सम्वोधन गर्न नसकेको खण्डमा अर्को दुर्घटना निम्तिन सक्ने उहाँले बताउनुभयो ।

 

युवा पर्यटन व्यवसायी तथा कुटी रिर्सोटका सञ्चालक देवेन्द्र केसीले हवाई उडान तथा  यातायत सञ्चालन सँगै पोखराका पर्यटन व्यवसायी केहि उत्साहति भएको  भए पनि अझै उत्साहित हुने समय भने नआइसकेको बताउनुभयो  । उहाँले आफुँहरुले  सरकारले भनेका सवै स्वास्थ्यका मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न शुरु गरेको बताउनुभयो ।

आफ्ना होटलका सवै कोठाहरुलाई सेनिटाइज गर्दै पूर्ण रुपमा शुरक्षित गरिएको बताउँदै केसीले पोखरा आउने पर्यटकलाई शतप्रतिसत सेवा दिन तयार रहेको उहाँले उल्लेख गर्नुभयो । “पोखरा शुरक्षित छ र हामी पर्यटकलाई पूर्ण रुपमा शुरक्षित राख्दै पोखराबाट नयाँ सन्देश दिन चाहन्छौ र सवैलाई पोखरा घुम्न आउन  आग्रह समेत गर्दछौ”, केसीले भन्नुभयो ।

 

पोखरामा सोमबारदेखि प्याराग्लाइडिङ उडान समेत शुरु भएको छ भने, यहाँका अधिकांश पर्यटकीय गतिविधिहरु बिस्तारै  शुचारु हुन् थालेका छन् ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button