कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, ११५४ जना संक्रमित

पोखरा न्यूज । नेपालमा कोरोना भाइरसबाट थप १६ जनाको मृत्यु भएको छ भने ११५४ मा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै काठमाडौंमा ५८ र ७३ वर्षीय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

आज १ हजार १ सय ५४ जनामा संक्रमण देखिएको छ । ९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय १८ महिला र ७ सय ३६ जना पुरुषमा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको भने संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेका छन ।

आज देशभरी ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन । आइसियुमा १ सय ९६ र भेन्टिलेटरमा ३१ जना उपचाररत रहेका छन ।आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button