गण्डकी प्रदेश खेलकुद विधेयक संसदमा सैद्धान्तिक छलफल सँगै विधायन समितीमा पठाइयो

पोखरा । गण्डकी प्रदेश खेलकुद विकास विधेयक संसदमा सैद्धान्तिक छलफल सँगै विधायन समितीमा पठाइएको छ । संसदमा सैद्धान्तिक छलफल पछि दफावार छलफल अघि वढाउन विधेयकलाई विधायन समितीमा पठाइएको हो । संसदले विधायन समितीमा पठाइनु अघि ७२ घन्टा भित्र संसोधन गर्नुपर्ने भएमा उपयुक्त सुझाव सहित संसोधन दर्ताका लागि समय दिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नर देवी पुनले प्रदेशको खेलकुद विकासका लागि बनेको विधेयकलाई सोमवार संसदमा टेवुल गर्नु भएको हो । प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संसदमा विधेयक टेवुल भए सँगै मंगलवार सैद्धान्तिक छलफलका लागि सांसदहरुलाई समय दिनुभएको थियो । सांसदहरुले विधेयकको सैद्धान्तिक पक्षका वारेमा वोल्दै प्रदेशको आर्थिक समृद्धीका लागि विधेयक अपरिहार्य र प्रभावकारी रहेको बताए ।

संसदमा विधेयकका सैद्धान्तिक पक्षका वारेमा उठेका कुराहरुको जवाफ दिंदै मन्त्री पुनले स्वस्थ्य र अनुशासित नागरिक सँगै प्रदेशको आर्थिक समृद्धीका लागि विधेयक महत्वपुर्ण रहेको बताउँदै गण्डकी प्रदेश खेलकुद विकासका लागि गम्भिर रहेको बताउनुभयो ।

संसदमा प्रदेशको खेलकुद विधेयकका विषयमा वोल्दै गण्डकी प्रदेश सांसद दिपक कोइरालाले खेलकुद आर्थिक समृद्धी सँग जोडेर हेर्न सकिने बताउनुभयो । खेलकुद विकास विधेयक समय सापेक्षरुपमा आएको बताउँदै उहाँले आन्तरिक राष्ट्रियता वलियो बनाउन पनि खेलकुद उत्तिकै महत्व रहेकोे बताउनुभयो । “नेपालमा खेलकुदको इतिहास त्यती लामो नभए पनि राष्ट्रलाई वलियो र सम्मुनत बनाउन खेलकुद अपरिहार्य रहेको छ” उहाँले भन्नुभयो ।

संसदमा वोल्दै सांसद विष्णुप्रसाद लामिछानेले गण्डकी प्रदेशका खेलाडीहरु लामो समय देखि यो विधेयकको प्रतिक्षामा रहेको बताउनुभयो । युवालाई अनुशासित र सत्मार्गमा हिडाउन खेलकुदले सहयोग गर्ने बताउँदै उहाँले यतिवेला खेलकुदका प्रकृती र परिस्थिती समेत वदलिएको बताउनुभयो । विश्वमा प्रतिष्पर्धा गर्ने एक मात्र भनेको खेलकुद रहेको बताउँदै खेलकुदमा लगानी गर्न सरकार पछि पर्न नहुने उहाँले उल्लेख गर्नुभयो ।

संसदमा वोल्दै सांसद लामिछानेले राज्यले खेलकुदलाई खासै महत्व नदिएको बताउँदै गाउँ–गाउँमा रहेको लुकेर रहेको प्रतिभावान खेलाडीलाई उजागर गर्न र खेलकुदमा भविष्य शुनिस्चित हुन्छ भन्ने भावना जगाउन आवश्यक रहने कुरामा उहाँले जोड समेत दिनु भयो ।

संसदमा विधेयकको सैद्धान्तिक पक्षका वारेमा वोल्दै सांसद पियारी थापाले धेरै युवाले खेलकुदमा आफ्नो भविष्य खोजिरहेकोले विधेयक आउनु सुखद रहेको बताउनुभयो । विधेयक कर्मकाण्डी मात्रै नभई युवाहरुलाई प्रतिष्पर्धात्मक, व्यवसायीक र खेलाडीको मनोवल बढाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले खेलकुदमा प्रविधीको प्रयोग हुन नसकेको धारणा राख्दै युवाहरुलाई जिम्मेवारी वोध गराउन र अधिकार सम्पन्न बनाउने तर्फ सरकारले ध्यानदिनु पर्ने उल्लेख गर्नुभयो ।

नेपालको खेलकुद यतिवेला वामे मात्रै सरिरहेको बताउँदै खेलकुदमा लगानीलाई प्राथमिकतामा राख्न र खेलकुदलाई राजनिती भन्दा टाढा राख्नुपर्ने कुरामा समेत उहाँले जोड दिंदै भन्नुभयो–“अहिले राष्ट्रिय खेलकुद परिषद जसरी राजनितिक अखडा वन्यो भनेर कुरा उठ्ने गरेको छ यदि त्यो प्रदेश खेलकुदमा भयो भने विडम्वना हुन जानेछ ।” खेलकुदमा जसरी गुट र नातावाद वढेर गएको छ त्यो सञ्जाललाई विधेयकले तोड्न सक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button