पर्वत पाङको भीरबाट खसेर अर्यालको मृत्यु

पोखरा । पर्वत जिल्ला कुश्मा नगरपालिका–१ पाङ निवासी २८ वर्षीय गणेश अर्यालको भीरबाट खसेर मृत्यु भएको छ ।

घर नजिकैको भीरमा घाँस काट्ने क्रममा मंगलबार विहान ७.३० बजे लडी गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button