पोखरामा फेरी थपिए ११ कोरोना संक्रमित

पोखरा न्यूज। स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ३ का ३० र ४५ वर्षीय पुरुष तथा  ३० वर्षीया महिला ,पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २५, २८, ३३, ३५ र ४४  वर्षीय पुरुष , पोखरा १४  का ५८ वर्षीय पुरुष तथा २८ र ५० वर्षीय महिलामा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।

त्यसैगरी नवलपुर  बिनयत्रिबेणी ३ का ३० वर्षीय पुरुष , ४ का २४, २६, र २९ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, मध्यबिन्दु २ का ४० वर्षीय पुरुष, ६ का ६५ वर्षीय पुरुष तथा ८ का ३३ र ६५ वर्षीया महिलामा  कोरोना पुष्टि भएको  निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ५ सय २३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button