नारायणगढ-मुग्लिन र मुग्लिन-नौबिसे सडक एकतर्फी

मुग्लिन । नारायणगढ-मुग्लिन सडकखण्ड र मुग्लिन-नौबिसे सडकखण्ड एकतर्र्फी मात्र सञ्चालनमा रहेको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो । अहिले सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

यसैबीच मुग्लिन-नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ । यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ । अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पटकपटक पहिरो खस्ने गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button