दुर्घटनामा घाइते भलिवल खेलाडी ओमप्रकाशलाई भलिवल फ्यान्स क्लवको ६ लाख ५० हजार सहयोग

पोखरा । दुर्घटनामा घाइतेभई पोखरामा उपचाररत ओमप्रकाश परियारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाली नेसनल भलिवल टिम फ्यान्स क्लवले ओमप्रकाशलाई उपचारमा सहयोग पुर्याउन ६ लाख ५० हजार १ सय ६३ सहयोग गरेको हो । अभियन्ताद्वय लक्ष्मण काप्री र गण्डकी प्रदेश भलिबल टोलीका सदस्य राजन दर्लामी मगरले संकलित रकम उनी उपचाररत अस्पताल हरियो खर्क नयाँगाँउ पोखरामा पुगेर हस्तान्तरण गरेका छन । गण्डकी प्रदेश प्रहरी भलिबल टिमका खेलाडी रहेका ओमप्रकाश तनहुँको देवघाटमा ड्युटी सकेर फर्कने क्रममा गत भदौ २० गते सडक दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।

आर्थिक अवस्थाले कमजोर रहेका पर्वत फलेवास थापाठानाका ओमप्रकाशको दुर्घटनामा ढाडको मेरुदण्ड र खुट्टा भाँच्चिएको थियो । अभियानका सदस्य मध्ये एक लक्ष्मण काप्रीले उनको उपचारमा सहयोग पुर्याउन गत भदौ २० गतेवाट अभियान सञ्चालन गरेको जानकारी दिंदै दोश्रो चरणमा समेत संकलन अभियान जारि नै रहने बताउनुभयो । “हाम्रो प्रदेशका एक कुशल खेलाडीको अवस्था देखेर नै अभियान थालेका थिंयौ धेरैले सहयोग गर्नुभएको छ, आशा छ यो सहयोगले उहाँ निको भएर पुनः मैदानमा फर्किनु हुनेछ,” उहाँले भन्नुभयो ।

भलिवल संघका पुर्व सचिब डिवी नेपालीले ओमप्रकाशको स्वास्थ्यमा पुरै सुधार नआइसकेको बताउनुभयो । “अहिले पनि हरियो खर्क अस्पतालमा उहाँको उपचार भइरहेको छ, कम्मर भन्दा तल्लो भागमा चोट वढी भएकोले निको हुन समय लाग्न सक्छ” उहाँले भन्नुभयो । भलिवल फ्यान्स क्लवले उहाँको उपचारमा उत्कृष्ट कार्य गरेको बताउँदै यसले खेलाडीहरुमा थप हौसला थपेको बताउनुभयो ।

अस्पताल पुगेर फ्यान्स क्लवका अभियानकर्ता द्वय काप्री र मगरले एक कार्यक्रमका विच उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्मा, नेपाल भलिबल संघका पुर्व सचिव नेपाली, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान सदस्य तथा सल्लाहकार देवेन्द्र कार्की, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका कोषाध्यक्ष हरि कुमार श्रेष्ठ, नेपाल जापान भलिबल संघका पुर्व अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका उपाध्यक्ष नवीन गुरुङ, अस्पताल व्यवस्थापनका विजय बराल र अमृत कोइराला लगायतको सहभागिता रहेको थियो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button