पोखरामा ७ वर्षीया बालिकासहित थप ८ जनामा कोरोना पुष्टि

पोखरा न्यूज। स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार पोखराका ८ जना सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयले कास्कीको  पोखरा महानगर १०  का ३१ वर्षीय पुरुष तथा ७ वर्षीया बालिका ,पोखरा १५ का ३९  र ६५ वर्षीय पुरुष , पोखरा १७ की २६ वर्षीया महिला,  पोखरा २० का २० र ३२ वर्षीय पुरुष,  पोखरा २७ की ७४  वर्षीय महिला तथा कास्कीको अन्नपूर्ण गाउँपालिका का ३२ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।

त्यसैगरी नवलपुर बौदिकाली २ का  २७ वर्षीय पुरुष , स्याङजा वालिङ ११ का ३९  वर्षीय पुरुष तथा ४ का ४३ वर्षीय पुरुष र गल्याङ २ का ३१ वर्षीय पुरुष, म्याग्दी बेनी ३ का ३० वर्षीय पुरुष, तनहुँ ब्यास २ का ५३ वर्षीय पुरुष तथा भिमाद १ का २६ वर्षीय पुरुष, भिमाद ३ का २६ र ३६ वर्षीय पुरुष, लमजुङ मध्येनेपाल ६ का १० वर्षीया बालिका तथा १६ , ३० र ५८ वर्षका पुरुष  र मध्येनेपाल १०  की ३५ वर्षीया महिला  , बागलुङ बडिगाड १ का २६ वर्षीया महिला तथा बागलुङ १३ का  ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ५ सय ४८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button