पोखराका ५ सहित गण्डकीमा ३१ कोरोना संक्रमित थपिए

पोखरा । पोखराका ५ जना सहित गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं ८ का १५ र १८ वर्षिय पुरुष तथा ३८ वर्षिया महिला, पोखरा ११ की ३६ वर्षिया महिला र पोखरा १४ की २३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । त्यसै गरि स्याङजा विरुवाका ३० वर्षिय पुरुष र वालिङ ४ का १९ र ४४ वर्षिय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

त्यसै गरि निर्देशनालयले तनहुँका ११ जना कोरोना सक्रमण पुष्टि भएको जनाएको छ । तनहुँ व्यास वडा नं २३का २३ वर्षिय पुरुष र व्यास १० का ५ वर्षिय वालक सहित ४८ वर्षिय पुरुष तथा १८ र ४१ वर्षिया महिलामा कोरोना सक्रमण पुष्टि भएको छ । तनहुँ भानु वडा नं २ का २८ वर्षिय पुरुष, भानु वडा नं ५ का ३६ वर्षिय पुरुष, आँवुखैरेनी वडा नं ३ का ८ वर्षिया वालिका र ३३ वर्षिया महिला, आवुंखैरेनी वडा नं २ की ५९ वर्षिय महिला र देवघाट ५ का ५९ वर्षिय पुरुषका कोरोना सक्रमण देखिएको छ ।

निर्देशनालयका अनुसार वागलुङ काठेखोला ७ का २१ वर्षिय पुरुष तथा ५१ वर्षिया महिला, गल्कोट ५ का ३१ वर्षिय पुरुष तथा ४ का २७ र ५४ वर्षिय पुरुष, जैमीनी ८ का ३३ वर्षिय पुरुष तथा ६ का १८ र ५२ वर्षिय पुरुष र पर्वत कुस्माका ५० वर्षिय पुरुष सहित २१, २९ र ३३ वर्षका नेपाल आर्मीमा कार्यरत ३ पुरुषहरु रहेका छन ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button