सांगीतिक क्षेत्रमा अगाडि बढ्ने प्रज्वलको लक्ष्य

राजाराम पौडेल/पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीका प्रज्वल राज जोजिजुले सांगीतिक क्षेत्रमा अगाडि बढ्ने लक्ष्य राख्नु भएको छ ।

उहाँको आवाजमा रहेको कभर गीत शुक्रबार रिलिज हुँदैछ । पोखरामा सुरु भएको सांगीतिक श्रृङ्खला बिएस.रिदम ब्लाष्ट मार्फत गीत सार्वजनिक हुनेछ । बिएस. ईन्टरटेण्टमेन्ट पोखराले संचालन गरेको सांगीतिक श्रृङ्खला मार्फत पोखरामा रहेका स्थापित एवं नयाँ ब्यान्ड तथा गायकहरुका गीत सार्वजनिक भइरहेका छन् ।

सिजनको पहिलो श्रृङ्खलामा द ड्रिमर्ज व्याण्डको पहिलो गीत ‘नडराउ’ सार्वजनिक गरिएको थियो भने दोस्रो श्रृखलामा पुर्जाको गीत सार्वजनिक गरिएको हो । तेस्रो श्रृखलामा असोज ९ गते शुक्रबार प्रज्वलको आवाजमा रहेको कभर गीत सार्वजनिक हुन लागेको हो । सज्जन राज बैद्यको आवाजमा रहेको ‘मेल्लो’ गीतलाइ प्रज्वलले आफ्नो आवाजमा गाउनुभएको छ । कभर गीत गाउँदा न्यायपूर्वक गाउने प्रयत्न गरेको उहाँले बताउनुहुन्छ । यो एउटा माया गर्ने मानिसको लागि सर्मपित गीत हो ।

यस अगाडि उहाँले चेञ्ज प्रोडक्सनबाट द इलिमेन्टसको ‘विर्सने हौ की’ गीतलाई कभर गीत मार्फत आफ्नो अवाजमा पस्कनुभएको थियो । हुनत प्रज्वलले बाल्यकालदेखिनै गीत गाउने गर्नुहुन्थ्यो । सानैदेखि सांगीतिक क्षेत्रमा रुची राख्ने उहाँले यहिी क्षेत्रमा केही गर्न सक्छु भन्ने सोचले गायन यात्रालाई अगाडि बढाइरहनु भएको छ । यतिबेला अरुका गीतलाई गाएर आफ्नो गायन प्रतिभा प्रस्तुत गरिरहनु भएको प्रज्वलको आफ्नो सोलो गीत तयार पारेर दर्शक श्रोतालाई सुनाउने योजना रहेको छ । जसको लागि तयारी गरिरहेको उहाँले बताउनुभयो ।

‘सांगीतिक क्षेत्रमा केही गर्न सक्छु कि भनेर यो क्षेत्रमा नै अगाडि बढ्न खोजेको हुँ’ उहाँले भन्नुभयो । उहाँलाई यात्रामा र विभिन्न प्रकारका खानेकुरा खानमा रुची छ । एकान्तमा गितार बजाउदै गाउन उहाँलाई औधी रमाइलो लाग्छ । सोही कारणनै सांगीतिक क्षेत्रमा लाग्न हौसिनुभएको हो ।

उहाँको गायन यात्रा आजभन्दा ४ वर्ष अगाडिबाट सूर भएको हो । प्लस टु अध्ययन सकेपछि उहाँले पोखराको एक सपिङ सेन्टरमा काम गर्नुभयो । सोही ठाउँमा काम गर्दाबाट लेकसाइडको फुल बार एण्ड ग्रिल्स मा गीत गाउने अवसर पाउनुभयो । ‘सपिङ सेन्टरमा काम गर्दा सँगै काम गर्ने एकजना दाई हुनुहुन्थ्यो अजय श्रेष्ठ, उहाँ सपिङसेन्टरको काम छोडेर लेकसाइडमा काम गर्न थाल्नुभयो, उहाँलाई मैले गीत गाउन सक्छु भन्ने थाहा भएको ले फुल बार एण्ड ग्रिल्सको मेनेजर अन्जान मामालाई भन्नुभएछ । त्यसपछि गाउन आउँ भनेर बोलाउनुभयो’ ती दिन सम्झदै प्रज्वलले भन्नुभयो ।

उहाँले कन्झिन्स गराएपछि ओपन माइकमा प्राटिक्स हुन्छ भन्ने सोचले आफू तयार भएको उहाँले प्रष्ट्याउनुभयो । प्रज्वलले तहाँ आफ्नो प्रस्तुति सुनाउनुभयो । यसरी प्रस्तुति राख्दा सबैको मन जित्यो । फलस्वरुप निरन्तर गीत गाउने अवसर पाउनुभयो । लकडाउन हुनुहभन्दा अगाडिसम्म उहाँ त्यहाँ व्यस्त हुनुहुन्थ्यो । यो अवधिमा विभिन्न ठाउँमा पुगेर आफ्नो प्रतिभा सुनाइसक्नुभएको छ ।

अबको उहाँको लक्ष्य नेपालमानै बसेर केही गर्ने रहेको छ । नयाँ–नयाँ गीत कम्पोज गर्ने गाउने योजना छ । आफुलाई व्यस्त बनाउन एउटा सानो कफी सप खोल्ने उहाँको सोच छ । रिदम ब्लाष्ट मार्फत शुक्रबार सार्जजनिक हुने गीत दर्शक श्रोताले मनपराउने आशा प्रज्वलको रहेको छ । नयाँ पुस्ताका श्रोता तथा दर्शकको सांगीतिक तृष्णा मेटाई नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गर्ने रिदम ब्लाष्ट अन्र्तगत आत्म सर्ग, अडियो फार्म, इनफ्लेम, निर्भिक, निष्कर्ष, ब्लाक सीप, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्लाक रोज ब्यान्ड र सुजन पुर्जा, संगम पहाडी, र सब्बुको प्रस्तुति बाँकी नै रहेको छ । यो कार्यक्रमले पोखराको सांगीतिक माहोललाई जगाउन सघाउने आयोजकले विश्वास गरेका छन् । रिदम ब्लाष्ट पहिलो सिजन १७ श्रृङ्खलासम्म चल्नेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button