पोखरामा ३ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । पोखरामा बिहीबार बिहान थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगर वडा नं ९ का  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कर्यालयमा कार्यरत ४२ वर्षीय पुरुष तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षणका लागि आएका पोखरा १० का ३२ र ३४  वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको हो ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ८२ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button