स्याङ्जामा पहिरोमा पुरिएका १० जनाको शव फेला

पोखरा न्यूज । स्याङ्जामा पहिरोमा पुरिँएका १० जनाको शव फेला परेको छ  ।

अविरल वर्षापछि स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा पुरिँएका १० जनाको शव  फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

विहीबार बिहान ६ बजे स्याङ्जाको वालिङ –१४ तमाधी स्थित माया परियारको घर  माथिबाट खसेको पहिरोले पुरिदा घरमा रहेका १० जना मध्ये ९ जना मृत्यु भएको हो  । पहिरोमा परेका एकजनाको भने जीवितै उद्धार भएको छ ।

पहिरोमा परी वेपत्ता भएका  २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाल, ६० वर्षीया सानी नेपाली, ९ वर्षीय बिवश नेपाली, अन्दाजी १४ को बिक्रम नेपाली,  १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली तथा ६।७ महिनाका नाम नखुलेका बालकको शव स्थानीयको सहयोगमा पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोबाट १६ वर्षीया मनिषा नेपालीलाई घाइते अवस्थामा उद्धार गरिएको हो । गम्भीर घाइते मनिषालाई उपचारको लागि पोखरा ल्एयाइएको  छ ।

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको पहिरोले पुरिएर मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताउनुभयो । वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button