“भलिवल खेलाडी प्रकाशलाई राखेपले उपचारमा सक्दो सहयोग गर्नेछ”– राखेप सदस्य, श्रेष्ठ

पोखरा । दुर्घटनामा परेर घाइते भएका भलिवल खेलाडी प्रकाश परियारको उपचारमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सक्दो पहल गर्ने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताउनुभएको छ ।

पोखराको हरियो खर्क अस्तालमा गत भदौ १६ गतेवाट उपचारका लागि भर्ना भएका प्रकाश सँगको भेट पछि राखेप सदस्य श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । उहाँले आफूले उपचारमा सक्दो सहयोग गर्ने बताउनुहुँदै भन्नुभयो–“एकजना खेलाडी अस्पतालको वेडमा रहँदा सवैको मन दुख्छ, त्यसैले पनि राखेपवाट सहयोगका लागि मेरो पूर्ण सहयोग रहनेछ ।”

उहाँको उपचारको सहयोगका लागि सहजिकरण गर्दै उपचारमा कमि हुन नदिन आर्थिक वा अन्य हिसावले के गर्न सकिन्छ त्यसमा आफूले पहल गर्ने उहाँले बताउनुभयो । आफूपनि खेलाडीवाटै माथी उठेको हुनाले जहिले पनि खेलाडीको हितमा काम गर्ने तथा समस्यामा रहेका खेलाडीलाई सहयोग गर्न आफ्नो भुमिका पहिलो हुने उहाँले बताउनुभयो । उहाँले प्रकाश संगको भेटमा छिट्टै निकोभई मैदानमा खेलेको देख्नपाउँ भन्दै सिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।

दुर्घटनामा परेर अस्पतालमा उपचाररत भलिवल खेलाडी प्रकाश परियारले आफू निको भएर मैदान फर्कने आशा मरिनसकेको बताउनुभयो । पोखराको हरियो खर्क अस्तालमा गत भदौ १६ गतेवाट उपचारका लागि भर्ना हुनुभएका प्रकाशको मेरुदण्ड र खुट्टामा चोट छ । नेपाल प्रहरी अन्तरगत गण्डकी प्रदेश प्रहरीमा कार्यरत उहाँ गत वर्ष माघ १ गते तनहुँको देवघाटमा ड्युटीवाट फर्कने क्रममा दुर्घटनामा पर्नुभएको थियो । कम्मर भन्दा मुनीको भाग नचल्ने अवस्थामा रहेको र घाउ सुक्न समयलाग्ने र आफूमा निको हुने आशा भने जिवितै रहेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरीले २ महिना आफ्नो तर्फवाट उपचार गरेपनि थप उपचारका लागि सहयोग नपाएपछि घरमा फर्किएको प्रकाशले वताउनुभयो । “ठूलो खर्च लाग्ने भएकाले घर फर्किए तर पछि स्वास्थ्यमा समस्या वल्झिदैं गएपछि उपचारका लागि यहाँ आए”, उहाँले भन्नुभयो । पर्वत लिमिठाना ७ का स्थायी वासिन्दा उहाँ विपन्न परिवारको भएकोले पनि उपचारमा विभिन्न संघ–संस्थाहरुले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । “नेपाल प्रहरीको जागिर त छ, तर त्यो तलवले मेरो उपचार नै सम्भव छैन”, उहाँले भन्नुभयो ।

अहिले पहिला भन्दा निकै राम्रो भएको अनुभव भएको छ घाउ पनि सुक्न थालेको उहाँले वताउनुभएको छ । “स्पाइनलकर्डको इन्जुरीको उपचारका लागि धेरै खर्च लाग्ने भएकोले पनि यति वेला साथीभाईको सहयोगका कारण धेरै उत्साह भने जागेको छ,” उहाँले भन्नुभयो । २७ वर्षिय प्रकाशले नेपाल प्रहरीवाट विभिन्न भलिवल प्रतियोगिताहरुमा सहभागिता जनाइसक्नुभएको छ । प्रकाश अझै साढे २ महिना भन्दा वढी ओछ्यानमा नै विताउनुपर्ने हुन्छ । “घाउ नसुक्ञ्जेल सम्म उठ्ने कुरा नै हुँदैन, घाउ सुकेपछि के हुन्छ भन्न सकिन्न”, उहाँले भन्नुभयो ।

त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक गोदारले प्रकाशको उपचारका लागि आफ्नो पहल रहने बताउनुभएको छ । अस्पतालमा प्रकाशलाई भेट गरेपछि उहाँले खेलाडीको समस्या खेलाडीले मात्रै वुझ्ने भएकोले छिट्टै संघको वैठक वसेर उपचारमा के कस्तो सहयोग पुर्याउन सकिन्छ त्यसका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

अस्पतालमा उपचाररत प्रकाशलाई भेट्न पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, नेपाल भलिवल संघका पूर्व सचिब डिवी नेपाली लगाएतले भेटेर उपचारमा सहयोग पुर्याउने प्रतिवद्धता जनाएका छन । यसै गरि भलिवल फ्यान्स क्लवले प्रकाशको उपचारका लागि ६ लाख ५० हजार सहयोग गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button