कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, १४९७ संक्रमित

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ भने १४९७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, धादिङका ३२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष, काठमाडौंमा ८२ वर्षीया महिला र ७५, ७९ र ८० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै झापामा ७८ वर्षीय, धनुषामा ६८ र ७० वर्षीय, रौतहटमा ६५ वर्षीय, तनहुँमा ३९ वर्षीय, दाङमा ३९ वर्षीय, कपिलवस्तुमा ५० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

आज १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन । ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ । देभरी संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना संक्रमित रहेका छन ।

त्यस्तै देशभरी ९ हजार ८ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।आइसियुमा २ सय ३२ जना र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएका छन । आज देशभरी ५० हजार ४ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button