स्थानियतहमा खेल पुर्वाद्धार निर्माणका लागि मन्त्रालयले माग्यो प्रस्ताव

पोखरा । स्थानियतहमा खेल पुर्वाद्धार निर्माणका लाथि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव माग गरेको छ ।

मन्त्रालयलले स्थानियपालिकाहरुको साझेदारिमा खेल पुर्वाद्धार निर्माणका लागि प्रस्ताव आह्वान गरेको हो । आर्थिक वर्ष २०७७/०७८ का लागि ८४ विभिन्न पालिकाहरुमा खेल पुर्वाद्धार निर्माण गर्न बजेट स्विकृत भए अनुसार मन्त्रालयले प्रस्ताव आह्वान गरेको छ । गत भदौ ३० गते सम्पन्न मन्त्रालयको निर्णय अनुसार सूचना प्रकाशित गर्दै प्रस्ताव आह्वान गरिएको छ ।

नमुना खेलग्रामको अवधारण बमोजिम फुटवल, भलिवल र क्रिकेट मैदान सँगै कभर्ड हल, ट्रयाक एण्ड फिल्ड, वाकिङ फुट/रुट ट्रेल, स्विमिङ पुल तथा विचरण पार्क लगाएतका पुर्वाधार निर्माण गर्न सकिने मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ । पुर्वाधार निर्माणका लागि स्थानिय तहले व्यहोर्ने स्रोतका सम्वन्धमा प्रशासकिय अधिकृतको सिफारिसपत्र सहित निर्माण स्थलको प्रस्तवित जग्गाको ४ किल्ला खुलेको साइट प्लान र प्राविधिकको सिफारिसपत्र समेत अनिवार्य गरिएको छ । स्थानियतहरुलाई ३५ दिन भित्र युवा तथा खेलकुद मन्त्रालय वा राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव पेश गर्न सूचनामा उल्लेख गरिएको छ ।

खेलकुद पुर्वाद्धार निर्माणका लागि स्थानियतहरु र प्रदेश सरकारलाई वढी जिम्मेवारी बनाउने गरि निर्माणका कार्यहरु हुने मन्त्रालयका सचिब रामप्रसाद थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो–“पालिकाकै प्रमुख र प्राविधिकहरुलाई जिम्मेवार बनाउँदा निर्माण छिटो र गुणस्तरिय हुनेछ भने त्यसको अनुगमन प्रदेश सरकारको निकायले गर्नेछ ।” विगतमा खेलकुद पुर्वाद्धार निर्माण शुरु गर्दा कहिले सम्म सकिने यकिन समेत नहुने अवस्थामा अव प्रदेश र स्थानियतहलाई वढी भन्दा वढि जिम्मेवार बनाउँदा समय सँगै कामले गति समेत लिने र त्यसको प्रभावकारिता समेत रहने उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button