आकाश नयाँ चलचित्रमा निर्माणमा जुट्दै, नाम भने गोप्य

पोखरा। निर्माता तथा निर्देशक आकाश अधिकारीले आफू नयाँ चलचित्र निर्माणमा जुटेको जानकारी दिनुभएको छ । आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नयाँ चलचित्रको बारेमा केही जानकारी सहित तस्वीरहरु पोष्ट गर्दै उहाँले यो जानकारी गराउनु भएको हो ।

द स्काई मुभिज प्रालिको सातौ प्रस्तुतिमा निर्माण हुने चलचित्रको नाम भने खुलाइएको छैन । नाम गोप्य राखिएको यस चलचित्रको छायाकंन तिहार पछि सुरु गरिने उहाँले जनाउनुभएको छ । चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, रवीन्द्र झा, सुनील कटुवाल सहित आकाश अधिकारीको समेत अभिनय रहनेछ ।

नव बिजय प्रकाश श्रेष्ठ, बिजय उप्रेती, सजल लोप्चनको पटकथा संवाद, नमराज कृष्ण थापाको छायाँकन रहने फिल्ममा राजनराज सिवाकोटी र शिखर सन्तोषको संगीत रहनेछ । चलचत्रिको लागि कथा भने निर्देशक अधिकारीकै हो ।

ओष्कार डिजिटल इन्र्टटेनिङ द नेसनसँगको सहकार्यमा तयार हुने चलचित्रमा प्रमुख सहायक निर्देशक रामशरन कोइराला र सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी रहनु हुनेछ । क्रियटिभ प्रोडुसर सम्पदा मल्ल रहने चलचित्रका अरु कलाकार तथा टिम मेम्बर छनोट हुँदै गरेको अधिकारीले खुलाउनु भएको छ ।

आफूले जानेको पेशा चलचित्र भएको भन्दै अधिकारीले आफ्नो अभिनय समेत रहेको चलचित्र हेर्ने इच्छा राखी बारम्बार प्रश्न गर्ने दर्शक तथा शुभचिन्तकको लागि उत्तर दिने समय बल्ल आएको समेत उल्लेख गर्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button