जनप्रतिनिधि र कर्मचारी कन्ट्रयाक ट्रेसिङमा परेपछि कार्यालय समेत सील

पोखरा । वडा अध्यक्ष सहित कर्मचारीको पीसीआर रिपोर्ट नआउँदा सम्मका लागि पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सील गरिएको छ ।

गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा परेका ४ मध्ये कोभिड १९ बाट २ जना पोजेटिभ देखिएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका जनप्रतिनिधि र कर्मचारीहरु समेत परेकाले उनीहरुको आज पीसीआर टेष्टका लागि स्वाव संकलन गरिएको र रिपोर्ट नआउन्जेल सम्मको लागि वडा कार्यालय पूर्णरुपमा सील गरिएको वडा अध्यक्ष सीम गुरुङले जानकारी दिए ।

वडाले नै एक विज्ञप्ति जारी गरी वडामा पहिलो संक्रमित संगको कन्ट्रयाक ट्रेसिङमा परेका थप दुई जनामा कोरोना पुष्टि भएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका अध्यक्ष सहित जनप्रतिनिधि र कर्मचारीहरु गरी २९ जनाको स्वाब संकलन भइसकेको र उनीहरुको पीसीआर रिपोर्ट नआउँदा सम्म वडा पूर्ण रुपमा बन्द रहने र वडाबाट हुने कुनैपनि कामकाज समेत नहुने जनाइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button