सिलवालको अध्यक्षतामा शिक्षा पत्रकार समाज गठन, गण्डकी संयोजकमा पाठक

पोखरा । शिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकारहरुको सक्रियतामा शिक्षा पत्रकार समाज (सेज) संस्था गठन भएको छ ।

समाजको केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समितिमा कार्यरत प्रकाश सिलवाल चयन हुनुभएको छ ।समाजको केन्दीय उपाध्यक्षमा देवी सापकोटा, महासचिवमा शेषकान्त पण्डित, सचिवमा मतिना त्वनावासु तथा कोषाध्यक्ष श्याम तण्डुकार हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा यशोदा अधिकारी, बालमुकुन्द आचार्य, सुनील आचार्य, सुरेश यादव, विद्या राई र शर्मीला विश्वकर्मा रहनुभएको छ । संस्थाको सल्लाहकारहरुमा भीमलाल गुरुङ, डा. सुमनकोमल तुलाधर, बाबुकाजी श्रेष्ठ, डा. निर्मलमणि अधिकारी, प्रा.डा. वासुदेव काफ्ले, भोजबहादुर शाह र प्रा. डा. धनेश्वर नेपाल रहनुभएको छ ।

समाजले सातै प्रदेशका प्रदेश संयोजक समेत चयन गरेको छ । समाजको गण्डकी प्रदेश संयोजकको रुपमा पोखराका पत्रकार केशव पाठक रहनुभएको छ । उहाँ पोखरान्यूज डटकममा आवद्ध हुनुहुन्छ प्रदेश नं. १ को संयोजकमा सुशीला पाठक, प्रदेश नं. २ मा सुरेश यादव, बागमती प्रदेशमा वसन्त पराजुली, प्रदेश नं ५ मा अमृता अनमोल, कर्णाली प्रदेश संयोजकमा नवराज महतारा र सुदूरपश्चिम प्रदेश संयोजक वीरेन्द्र रावल हुनुहुन्छ ।

शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस तथा पैरवीसहित सबै तहमा गुणस्तरीय शिक्षा, जीवनपर्यन्त सिकाइकोे विकास एवं विस्तारका लागि आमसञ्चार तथा पत्रकारिताको उच्चतम् सदुपयोग गर्दै छापा, रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चारमाध्यममा शिक्षा विधामा कार्यरत पत्रकारहरुको हक, अधिकार संरक्षण तथा क्षमता अभिवृद्धिसमेत गर्न पत्रकारहरुको सहभागितामा सङ्घीयस्तरको पत्रकार समाज गठन गरिएको अध्यक्ष सिलवालले बताउनुभएको छ ।

समाजले यही असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत मान्यता पाएको समाजले शिक्षा तथा सामाजिक विकासमा केन्द्रित रहँदै शिक्षा र बालबालिकाको मौलिक हक तथा गुणस्तरीय शिक्षा तथा जीवनपर्यन्त सिकाइको प्रवद्र्धन, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सार्वजनिक र निजी शिक्षा क्षेत्रमा सुशासन एवं प्रवलीकरण आदि विषयमा खोज अनुसन्धान, नीतिगत बहस तथा पैरवी गर्ने लक्ष्य लिएको छ ।

शिक्षा पत्रकारितासँग सम्बन्धित खोज पत्रकारिता, अध्ययन, अनुसन्धान गरी विभिन्न सञ्चारमाध्यम र वैकल्पिक मिडियामार्फत प्रसारण तथा प्रकाशन गर्ने, शिक्षा भएका देश, विदेशका असल अभ्यास र अनुभवहरु आदानप्रदान गर्ने, शिक्षा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दै उनीहरुको हक र अधिकारमा क्रियाशील रहने यसका उद्देश्यहरु रहेका छन् । समाजका प्रदेश संयोजक केन्द्रीय सदस्यका पदेन आमन्त्रि सदस्य रहने व्यवस्था भएको महासचिब पण्डितले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button