पोखरामा ६ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । पोखरामा शुक्रबार बिहान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले  कास्कीको पोखरा महानगरका ४ वटा वडाका ५ पुरुष र १ महिला तथा लमजुङका २ पुरुष गरी गण्डकी प्रदेशमा ८ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेमा पोखरा ४ का ३२ वर्षीय पुरुष, पोखरा ६ का ४६ वर्षीय पुरुष तथा ४८ वर्षीय पुरुष, पोखरा ८ का १९ र ३९ वर्षीय पुरुष तथा पोखरा १७ का २८ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी लमजुङ सुन्दरबजार ५ का ३० वर्षीय पुरुष तथा  ७ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय १२ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button