तनहुँका युवकको कोरोनाबाट मृत्यु

पोखरा न्यूज  । तनहुँका एक  युवकको कोरोना संक्रमणबाट  मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोनाबाट तनहुँ आबुखैरेनी ३ का ३९ वर्षीय युवकको मृत्यु भएको जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारत युवकको बिहीबार दिउसो करिव १ बजे उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

उपचारका लागि  भदौ २९ गते अस्पतालमा भर्ना भएका उनमा  भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button