खेलकुदमा कार्यरत विभालाई उपचारका लागि सहयोग

पोखरा । कास्की जिल्ला खेलकुद विकास समितीमा कार्यरत विभा विकको उपचारका लागि सहयोग गरिएको छ । विगत २०५१ साल देखि अस्थायी रुपमा खेलकुदमा कार्यालय सहयोगीका रुपमा कार्यरत विभालाई उच्च रक्तचापका कारण अनुहारमा पक्षघात भएपछि उपचारका लागि नगद १० हजार सहयोग गरिएको हो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल र साइक्लिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीको संयोजनमा रकम संकलन गरिएको जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश वरालले जानकारी दिनुभयो ।

संकलित रकम राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सम्पन्न श्रेष्ठले हस्तान्तरण गर्दै सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, जिल्ला खेलकुदका निवर्तमान कोषाध्यक्ष दिपक बहादुर गोदार, खेलाडी, प्रशिक्षक लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button