अस्ट्रेलियन संस्थाको सहयोगमा पोखरामा अपाङ्गता भएकाहरुलाई राहत

पोखरा न्यूज । नेपाल अस्ट्रेलियन फ्रेण्डशिप एसोसियसन (नाफा)को सहयोगमा पोखरामा अपाङ्गता भएका व्यक्तिहरुलाई  राहत वितरण गरिएको छ ।

नाफा को सहयोग तथा पोखरा ६ स्थित वटरफ्लाई फाउण्डेशन नेपाल र बालहितकारी परियोजना नेपालको संयुक्त आयोजनामा कोभिड १९ का कारण समस्यामा परेका अपाङ्गता भएका व्यक्तिहरुलाई  राहत वितरण गरिएको फाउण्डेशनका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिनुभयो  ।

सृजनसिल अपाङ्ग समाज कास्कीको २१ औं वार्षीक साधारणसभा तथा ८ औं अधिवेशनको अवसर पारेर ७० जनालाई राहत वितरण गरिएको फाउण्डेशनका पहारीले बताउनुभयो । “हामीले एकजनालाई २ हजार ५ सय वराबरको खाद्यान्न वाँडेका छौं” उहाँले भन्नुभयो “कोभिड १९ का कारण कठिन जिवन व्यतित गरिरहेका अपाङ्गता भएकाहरुलाई केहि सहयोग पुग्ने विश्वास लिएका छौं ।”

कार्यक्रममा वोल्दै अध्यक्ष पहारीले अपाङ्गता भएकाहरुलाई राहत भन्दा पनि आत्मनिर्भर बनाउने कार्यक्रमहरु सञ्चालन गर्न संस्थाले पहल थाल्ने बताउनुभयो । उहाँले भन्नुभयो–“यो राहत भन्नेकुरा क्षणिक हो, तर आत्मनिर्भर भइयो भने त्यसले जिवन परिवर्तनमा सहयोग पुग्छ ।” उहाँले कोभिड १९ का कारण विश्वनै अक्रान्त भएको वेला अस्ट्रेलियाबाट यसरी सहयोग प्राप्त हुनु सुखद रहेको बताउनुभयो ।

कार्यक्रममा ३ वटा ह्वीलचियर सहित  १ लाख ७५ हजार वरावरको राहत वितरण गरिएको बालहितकारी परियोजना नेपालका  सदस्य गणेश राज पहारीले जानकारी दिनुभएको छ ।  कार्यक्रममा बोल्दै  परियोजनाका अर्का सदस्य तथा  वटरफ्लाई फाउण्डेशनका सल्लाहकार डा. सुन्दर पौडेलले  अपाङ्गता भएकाहरुलाई जापानबाट १ सय वटा ह्वीलचियर ल्याएर वितरण गर्न  लागेको बताउनुभएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button