पर्यटन क्षेत्र उकास्न अल्पकालीन र दीर्घकालीन रणनीतिक योजना ल्याइने छ: मुख्यमन्त्री गुरुङ

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्व पर्यटन दिवस, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिनुभएको छ ।

शुभकामना सन्देश जारीगर्दै मुख्यमन्त्री गुरुङले पर्यटक, पर्यटन व्यवसायी, स्वदेश तथा विदेशमा रहनुभएका दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य,आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
यो दिवस पर्यटन क्षेत्रको महत्वपूर्ण पर्व हो । संयुक्त राष्ट्रसंघीय विश्य पर्यटन संगठनको स्थापना भएको दिन सेप्टेम्वर २७ लाई सन् १९८० देखि विभिन्न कार्यक्रमसहित हरेक वर्ष विश्वभर पर्यटन दिवसका रुपमा मनाइँदै आएको पाइन्छ, तर, विडम्वना यतिवेला विश्व जगत नै कोभिड–१९ को कहरले आक्रान्त बनिरहेको छ र यसवाट पर्यटन क्षेत्र नै सवैभन्दा बढी प्रभावित हुनपुगेको सन्देशमा भनिएको छ ।

कोभिड–१९ का कारण घोषणा गरिएको यात्रा प्रतिवन्दले हवाई सेवा, यातायात सेवा, होटेल, रेष्टुरेण्ट, रिसोर्ट, ट्राभल एजेन्सी लगायत पर्यटन क्षेत्रमा अरबौँ नोक्सानी वेहोर्नुपरेको छ । यस विषम परिस्थितिमा हामी पर्यटन र ग्रामिण विकास भन्ने नाराकासाथ यस वर्षको ४१ औँ विश्व पर्यटन दिवस मनाउँदै छौँ ।पर्यटन क्षेत्र हाम्रो अर्थतन्त्रको महत्वपूर्ण खम्वा हो । यस क्षेत्रमा संलग्न जनशक्तिको दक्षता, कौशल, ज्ञान तथा आचरण सम्वन्धी क्षमता विकास गर्ने, यस क्षेत्रमा योग्यतम र गुणवान नयाँ जनशक्तिलाई आकर्षित गर्न सक्नुपर्दछ । सन्देशमा मुख्यमन्त्री गुरुङले भन्नु भएको छ ।

कोभिड–१९ का कारण संकटग्रस्त वनेको यस क्षेत्रको पुनर्उत्थानका लागि अल्पकालीन र दीर्घकालीन रणनीतिक योजनाहरु निर्माणसहित अगाडि वढ्नुपर्ने आजको प्रमुख आवश्यकतालाई आत्मसात गर्दै रोजगारी तथा वैदेशिक मुद्रा आम्दानीको दिगो र उल्लेखनीय स्रोतको रुपमा समग्र पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको छ र यसको लागि सरकारलाई पर्यटन क्षेत्रसँग आवद्ध सवैको एकमना साथको आवश्यकता रहेको छ । तसर्थ, हामी उठ्न र उठाउन सक्छौँ भन्ने उच्च मनोवल एवं सहकार्यको उच्च भावनाका साथ यस क्षेत्रको पुनर्उत्थानका लागि जुट्न आजको यस विशेष दिनले हामी सवैलाई थप प्रेरणा प्रदान गर्न सक्नेछ भन्ने विश्वास लिएको छु सन्देशमा उल्लेख छ ।

यस बर्षको विश्व पर्यटन दिवसवाट पर्यटनलाई ग्रामिण विकाससँग जोड्दै पर्यटन क्षेत्रको समग्र विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप होस् र अवका दिन पर्यटन क्षेत्रको लागि सुखद दिनका रुपमा रहुन् भन्ने कामना गर्दछु, मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button