असोज १५ देखि कतारबाट दैनिक ३ उडान हुने

दोहा कतार । आगामी अक्टोबर १ तारिकबाट खाडी राष्ट्र कतारबाट नेपालमा दैनिक ३ वटा उडान नियमित फलाइट सुचारु हुने भएका छन् । नेपाली राजदूतावास दोहा कतारले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

सूचनामा जनाइए अनुसार एक तारिक अर्थात् असोज १५ बाट दैनिक रुपमा दोहाबाट नेपाल, हिमालयन तथा कतार एयरवेजले एक एक उडान गर्नेछन् । अब कतारबाट नेपाल जान चाहने यात्रुहरूले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरूबाट टिकट लिएर कोभिड-१९ को पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ पीसीआर नेभेटिभ रिपोर्ट उल्लेख भएको प्रमाणपत्रको सक्कल प्रति लिएर सिधै उडान गर्न पाउने भएका छन् ।

दूतावासको फाराम भर्नु नपर्ने र यस अघि फाराम भरिसकेका व्यक्तिले समेत सिधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरेर उड्न पाउने छन् । असोज १५ बाट नेपाली राजदूतावासले कुनै प्राथमिकता सूची प्रकाशित नगर्ने भएको छ ।आज दोहाबाट भएको ४७ औँ सजहिकरण उडानबाट ८ महिला सहित१४७ जना नेपाल फर्किएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button