पोखराका २३ जना सहित गण्डकी प्रदेशमा आइतबार १०४ कोरोना संक्रमित थपिए

पोखरा  न्यूज । पोखराका २३ जना सहित गण्डकी प्रदेशमा आइतबार थप १०४ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका २३ जना र मादी गाउँपालिकाका १ जना सहित  कास्की जिल्लाका २४ जना , लमजुङका २१,  बागलुङका ३१, स्याङजाका २, तनहुँका ६ , पर्वतका २ तथा नवलपुरका १८ जना गरी प्रदेशमा  थप ७१ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं ३ तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्टमा कार्यरत  २०, २२, २३, २३, २४ र  २८ वर्षका पुरुष तथा २५ वर्षीय महिला, पोखरा ३ कै नेपाल प्रहरीमा कार्यरत २७ वर्षीय पुरुष, पोखरा ८ का २४, ३६ , ३७ र ३८ वर्षका पुरुष तथा १९ वर्षीया महिला, पोखरा ९ का अखित्यार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत २५ र ४६ वर्षका पुरुष, पोखरा १४ का २५ वर्षीय पुरुष, पोखरा १५ का २१ वर्षीय पुरुष  र नेपाल प्रहरीमा कार्यरत ३८ वर्षीय पुरुष तथा पोखरा १५ कै २५ वर्षीया महिला, पोखरा १७ का २७ वर्षीय पुरुष , पोखरा २० का २३ वर्षीय पुरुष, पोखरा ३३ का १९ वर्षीय पुरुष तथा २१ वर्षीया महिला  र मादी गाउँपालिका ३ का ३४ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी लमजुङ् मध्येनेपालका ६ , ७ र १०  का २० देखि ३५ वर्ष उमेर समुहका १० पुरुष तथा २८ देखि ५० वर्ष उमेर समूहका ६ महिला, सुन्दरबजार ९ का  २४, ३९ र  ४६  वर्ष का ३  पुरुष तथा २८ वर्षीया  एक महिला , बागलुङ् गल्कोटका वडा १, ३, ४, ५ र ६ का ४ वर्षीय बालाकदेखि ७७ वर्ष उमेर समुहका १३ जना पुरुष तथा ६९ र ७० वर्षीया महिला, जैमनिका वडा १ र ५ का २२ र ४० वर्षका पुरुष, काठेखोला वडा ३ , ४, ७, र ८ का २२  देखि ५७ वर्ष उमेर समुहका १०  पुरुष, बागलुङ नगरपालिका २ , ३, ६ र १० का २२ देखि ५२ वर्ष उमेर समुहका ५ पुरुषमा कोरोना पुष्टि भएको छ ।

स्याङजा चापाकोट र वालिङ नगरपालिकाका ३८ र ४४ वर्षीय  पुरुष, तनहुँ म्याग्दे गाउँपालिकाका ६ वटा वडाका २६, ३१ ,३५ र  ३७ वर्षका पुरुष तथा १५ र ३२ वर्षीया महिला, पर्वत कुश्मा नगरपालिकाका नेपाल आर्मीमा कार्यरत २८ र ३७ वर्षीय पुरुष, नवलपुर देबचुलिका ७ वटा वडाका २५ देखि ५३ वर्ष उमेर समुहका १२ जना पुरुष तथा  २६ र २८ वर्षीया महिला, कावासोती ६ का ३८ वर्षीय पुरुष, वडा १३ र १४ का ३९ र ३४ वर्षीय पुरुष तथा मध्यबिन्दु ९ की ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ७ सय ७७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा  १ सय ४६ जना डिस्चार्ज भएका छन । यो सँगै गण्डकीमा  कोरोनामुक्त हुनेको संख्या २  हजार ६ सय ८९ पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ५५ रहेको छ । कोरोनाबाट प्रदेशमा ३३ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button