गण्डकी प्रदेशमा सोमबार दिउसो थपिए १८ जना नयाँ कोरोना संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशमा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज चितवन र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप १८ जना कोरोना संक्रमित पुष्टि भएको हो ।

नवलपुरको गैडाकोट नगरपालिका वडा नं २ मा ३८ र २५ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा नं ८ मा ४२ र २८ वर्षीय पुरुष, नवलपुरकै कावासोती नगरपालिका–३ मा १० र वडा नं १६ मा ३६ वर्षीय पुरुष र नवलपुरको देबचुली नगरपालिका १७ मा ५२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै गोरखाको शहिद लखनथापा गाउँपालिका–१ म ५२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्लाको राईनास नगरपालिका–४ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पष्टि भएको छ । त्यस्तै तनहुँको व्यास नगरपालिका–१३ मा ६० वर्षीया महिला, व्यास ७ मा २७ वर्षीय पुरुष, वडा नं १ मा ४१ र २४ वर्षीय पुरुष, वडा नं ३ मा ३२ वर्षीय पुरुष, वडा नं ३ मा ३२ र ४५ वर्षीया महिला, वडा नं २ मा ४८ वर्षीया महिला र वडा नं १० मा २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै स्याङ्जा जिल्ला निवासी ६३ वर्षीय संक्रमित पुरुषको मनिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

चितवन मेडिकल कलेजमा परिक्षण गराउनु भएका सबैजना सोही अस्पतालको आईसोलेसनमा बस्नुभएको छ । स्याङ्जा जिल्लाका १ जना संक्रमित पोखराको मणिपाल अस्पतालमा उपचाररत हुनुहुन्छ ्र अन्य सबै कन्ट्याक टेसिङबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button