पोखरा महानगरमा फेरी थपिए १२ कोरोना संक्रमित

पोखरा । पोखरा महानगर पालिकामा मंगलवार दिउसो १२ जना कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा १ का ३५ वर्षीय पुरुष, पोखरा ६ का १९ वर्षीय पुरुष, पोखरा ७ का २३, २७ र २९ वर्षीय पुरुष, पोखरा १० का ३१ वर्षीय पुरुष, पोखरा ११ का ३९ वर्षीय पुरुष, पोखरा १३ का ५९ वर्षीय पुरुष, पोखरा १७ का ३८ वर्षीय पुरुष, पोखरा २६ का २६ वर्षीय पुरुष र पोखरा २९ का २९–२९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसै गरी स्याङजा पुतलीवजारका १७ र ३० वर्षीय पुरुष र आँधिखोलाका १९ वर्षीय पुरुष, तनहुँ व्यासका ४ का ३० र ४३ वर्षीय पुरुष, ७ का २१ वर्षीय पुरुष र म्याग्देका ३४ वर्षीय पुरुष, गोरखाका १७ र ३२ वर्षीय पुरुष र ३५ वर्षीया महिला र नवलपुर वैदीकाली २ का ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ८ सय ३३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button