चार्डहरुसँगै कालोबजारी नियन्त्रण गर्न आग्रह

पोखरा न्यूज । सांसदहरुले दशैं–तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मूल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् । सांसद देवेन्द्र पौडेलले बजार मूल्यमा समानता नभएको, अस्वभाविक रुपमा मूल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताउनुभयो । नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुपर्ने उहाँले बताउनुभयो ।

सांसद भीमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मूल्यबृद्धि भइरहेको बताउनुभयो । मूल्यबृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो । अस्वभाविक रुपमा मूल्यवृद्धि गर्नेलाई सार्वजनिक गर्नुपर्ने समेत बताउनुभयो ।सांसद सुजाता परियारले पनि दिनदिनै मूल्य बृद्धि भइरहेको बताउनुभयो । अनुगमन गर्ने अवस्था अहिले नभएकाले सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताउनुभयो ।

समिति सभापति विमल प्रसाद श्रीवास्तवले मूल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्णय भएको बताउनुभयो । समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मूल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button