डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु

संयुक्त राज्य अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन ।

यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटरमा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जानकारी गराएको छ ।

डढेलोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्रमा ६६ हजारभन्दा बढी नागरिकलाई घर छोडी सुरक्षितस्थलतर्फ जान निर्देशन गरिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button