पोखरामा मंगलबार २६ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । पोखरा महानगरपालिकाका २६ सहित गण्डकी प्रदेशमा मंगलवार ४१ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ५ जिल्लाका ३२ पुरुष तथा ९ महिला गरी थप ४१ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा १ का ३५ वर्षीय पुरुष, पोखरा ५ का ९ वर्षीया वालिकासहित १४ र ३६ वर्षीय पुरुष, पोखरा ६ का १९ वर्षीय पुरुष, पोखरा ७ का २३, २७ र २९ वर्षीय पुरुष, , पोखरा ८ का ४९ वर्षीय पुरुष, पोखरा १० का ३१ वर्षीय पुरुष, पोखरा ११ का ३९ वर्षीय पुरुष, पोखरा १३ का २४ र ५९ वर्षीय पुरुष, पोखरा १५ का ३४ वर्षीय पुरुष तथा ३३ र ५६ वर्षीया महिला, पोखरा १७ का २४, ३१, ३८ र ६१ वर्षीय पुरुष तथा ५५ र ५६ वर्षीया महिला, पोखरा २० का ८३ वर्षीय पुरुष, पोखरा २६ का २६ वर्षीय पुरुष र पोखरा २९ का २९–२९ वर्षका २ पुरुष रहेका छन्।

त्यसै गरी स्याङजाको पुतलीवजारका १७ र ३० वर्षीय पुरुष तथा आँधिखोलाका १९ वर्षीय पुरुष, तनहुँ व्यास ४ का ३० र ४३ वर्षीय पुरुष, ७ का २१ वर्षीय पुरुष तथा म्याग्देका ३४ वर्षीय पुरुष, गोरखा गोरखा नगरपालिकाका १७ र ३२ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला एवं नवलपुर विनयत्रिवेणी ३ का ७० वर्षीया महिला र १२ वर्षीय वालक, ४ का २६ र ५९ वर्षीया महिला तथा वैदीकाली २ का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ८ सय ३३ पुगेको छ । प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ७ सय ३५ पुगेको छ । आज ३८ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button