सहारा हङकङद्वारा पोखरा बृद्धाश्रमलाई सहयोग

पोखरा । पोखराको सहारा क्लबको भातृ संस्था सहारा क्लब, हङकङले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा पोखराको सितापाइलामा रहेको पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।

सहारा क्लब, हङकङका सदस्य ओम गुरुङले क्लबको तर्फबाट पोखरा बृद्धाश्रमका पूर्व अध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफूल समेत सहयोग हस्तान्तरण गरेका थिए । ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लबले ज्येष्ठ नागरिकहरुको लागि सानो सहयोग गरेको सदस्य गुरुङले जनाए ।

सहयोगी दाताबाटै पोखरा बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको पालन पोषण गरिएको निवर्तमान अध्यक्ष भण्डारीले जनाए । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लवका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष बिश्वराज बराल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button