पोखरामा आइतवारवाट व्याडमिन्टनको नियमित अभ्यास शुरु हुने

पोखरा न्यूज । कास्की जिल्ला व्याडमिन्टन संघले खेलाडीहरुलाइ आइतवारवाट नियमित अभ्यासका लागि खेलाडीहरुलाई बोलाएको छ  ।

कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्वर गुरुङले आइतवारवाट खेलाडीहरु नियमित अभ्यासमा उत्रने वताउनुभएको हो । कोभिडका कारण करिव ६ महिना देखि वन्द पोखरा रंगशालामा व्याडमिन्टनले सिनियर खेलाडीलाई अभ्यासका लागि वोलाएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो–“हामीले महिला तथा सिनियर खेलाडीलाई आइतवारवाट अभ्यासका लागि वोलाएका छौ ।”

एक साता अघि काठमाडौमा व्याडमिन्टनका खेलाडीहरु अभ्यासमा उत्रिसकेको भए पनि पोखरामा एक साता ढिलो गरि शुरु हुन लागेको हो । पोखरामा सिनियर महिला तर्फ ४ र पुरुष तर्फ गरि १५ जना गरि १९ जना अभ्यासका लागि आउने भएका छन । “अहिले हामीले वोलाएका सवै खेलाडीहरु युवा राष्ट्रिय खेलाडीहरु हुन, हामीले उनीहरुवाट धेरै आशा गरेका छौ,” अध्यक्ष गुरुङले भन्नुभयो ।

कास्की जिल्ला व्याडमिन्टन संघले कोभिडको महामारी जारी रहेकै वेला हलमा प्रवेश गर्ने खेलाडीको स्वास्थ्य अवस्था वुझ्ने र स्वास्थ्य सामाग्रीहरु समेत प्रयोग गर्ने गरि अभ्यास शुरु गर्न लागिएको अध्यक्ष गुरुङले बताउनुभयो । “हामीले कोभिडका वारे खेलाडीलाई सचेत वानउदैं सेनीटाइजरको प्रयोग र अन्य स्वास्थ्य सावधानीका कुराहरुलाई अवलम्वन गर्दै तयारी समेत गरेका छौं”, उहाँले भन्नुभयो । अध्यक्ष गुरुङले व्याडमिन्टन हलको समेत सातामा एक देखि दुई पटक सम्म सेनिटाइजेसन गर्र्ने गरिएको जानकारी दिनुभयो ।

तर यता कास्की जिल्ला खेलहुद विकास समितीका कार्यालय प्रमुख प्रकाश वरालले भने व्याडमिन्टनको प्रशिक्षण वारे आफुलाई जानकारी नआइसकेको बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले रंगशाला वन्द छ र कुनै पनि खेलको नियमित प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषदबाट समेत कुनै पत्र वा जानकारी प्राप्त भएको छैन ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button