गण्डकी प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको छ–मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेपाल मार्शल आर्ट हाप्किडो संघको चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमका अवसरमा बोल्दै मन्त्री गुरुङले उक्त कुरा बताउनुभएको हो । गण्डकी प्रदेशको खेलकुद विकासका लागि नै सरकारले कानुन समेत बनाएर अघि वढेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो–“अव छिट्टै परिषद गठन गरेर सवै खेलहरुको विकासका लागि अघि वढ्दैछौं ।”

गण्डकी प्रदेश सरकार खेलकुद विकासका लागि कसरी अघि वढ्न् विषयमा गम्भिर रहेको बताउँदै खेलकुद विकासका लागि आर्थिक विकासको पाटो पनि उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो । यतिवेला कोभिड १९ का कारण भएको लकडाउनले मुलुकलाई १० वर्ष पछि धकिलिएको बताउँदै उहाँले लकडाउनका विधीहरु परिवर्तन गरेर भएपनि आर्थिक गतिविधीलाई चलायामान बनाइराख्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरका मन्त्री गुरुङले विभिन्न समयमा आयोजना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता वन्न सफल खेलाडी, कार्यक्रमका सहयोगी लगाएतलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

नेकपाका नेता तथा गण्डकी प्रदेश मुख्यमन्त्रीका राजनितीक सल्लाहकार गोविन्द नेपालीले खेलकुदमा जस्तो अनशासन राजनितीमा नभएकाले नै यति वेला मुलुकमा अराजकता वढदै गएको र त्यसले लक्ष्य प्राप्त गर्न नसक्ने बताउँदै भन्नुभयो–“खेलकुद जिवन शुरक्षाका लागि मात्रै आर्थिक समृद्धीकालागि पनि उत्तिकै अपरिहार्य रहेको छ ।”

सो अवसरका राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले खेलकुद व्यवसायिकता सँगै आत्मनिर्भर तर्फ उन्मुख बनाउनु पर्ने खाँचो रहेको कुरा औल्याउँदै भन्नुभयो–“त्यो व्ययवासयिकता र आत्मनिर्भरता खेलाडीको मेहनत र आत्मवल वाट प्राप्त हुन्छ ।” खेलाडीहरुले भोकै नभई खेलेरै जिवन वाँच्ने आधार बनाउन आवश्यक रहेको बताउँदै उहाँले मार्शल आर्ट खेल अनुशासन र आत्मरक्षाका लागि पनि उत्तिकै महत्वपुर्ण रहेको बताउनु भयो । समाजमा वढेदै गइरहेका वलत्कार लगाएत अन्य अपराधजन्य घटनावाट जोगिन मार्शल आर्ट जस्ता खेलहरु सिक्न उत्तिकै आवश्यक रहेको उहाँले बताउनुभयो ।

त्यस्तै अर्का नेकपाका नेता वालकृष्ण काउछा मगरले सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखे सँगै खेलाडीको उच्च मनोवल बनाउन वर्तमान नेकपाको सरकारले उल्लेखनिय कार्य गरेको बताउनुभयो ।

नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष माष्टर काली वहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हाप्किडो संघ गण्डकीका अध्यक्ष एम.वी आस्था, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, हाप्किडो संघका महासचिब सुर्वण विक लगाएतले नेपालमा हाप्किडो खेलले छोटो अवधीमा नै उल्लेखनिय कार्य गर्न सफल भए सँगै खेलाडी उत्पादनमा समेत महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button