नेपालमा दैनिक ६/७ वटा बलात्कारका घटना घट्ने गरेका छन–गृहमन्त्री थापा

पोखरा न्यूज । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताउनुभएको छ ।

विश्वको तुलनामा नेपालमा बलात्कार र महिलाहिंसाको अवस्था चिन्ताजनक छैन भन्ने अभिव्यक्ति विवादमा आएपछि थापाले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएको थापाले बताउनुभएको हो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आज भएको छलफलमा थापाले अन्य देशहरुको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अब देखि सजगता अपनाउनुपर्ने बताउनुभयो ।

थापाले गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा विश्वका २ सय बढी मुलुकको तथ्याङ्क विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको बताउनुभएको थियो । उहाँले नेपालमा प्रतिदिन ६÷७ वटा बलात्कारका घटना घट्ने गरेको पनि बताउनुभएको थियो । आज समिति भएको छलफलमा सांसदहरुले अन्य देशको तुलना गरी नेपालको अवस्था चिन्ताजनक छैन भन्न नहुने बताएपछि गृहमन्त्री थापाले आफुले अब सजगता अपनाउने बताउनुभयो ।

समिति छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताउनुभयो । विगत वर्षहरुको तथ्याङ्क हेर्दा यो वर्ष घटनाहरु बढ्न सक्ने उहाँले बताउनुभयो । सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनिकरणका लागि शून्य सहनशीलताको नीति अपनाएर अघि बढेको पनि उहाँले बताउनुभयो ।

सांसद उदया शर्मा पौडेलले प्रतिदिन ७ जना महिला बलात्कारको शिकार हुने तथ्याङ्क रहेकोमा गृहमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन भनेर भन्न नहुने बताउनुभयो । सांसद राम लखन चमारले उत्पिडन वर्गले प्रहरी प्रशासनबाट अपेक्षाकृत न्याय पाउन नसके भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सांसद इन्दु कडरियाले महिला हिंसाका घटना बढ्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पीडित महिला आफै उजुरी दिन जाँदा प्रहरीले उजुरी नलिने गरेका घटनाहरु पनिह बाहिर आएकाले छानबिन गरी कडा कारवाही गर्न उहाँले आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले महिला हिंसाका घटना न्यूनीकरणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा महिलामाथि हुने हिंसाका घटनाहरु ब्ढिरहेका छन । विगत वर्षहरु भन्दा यो वर्ष यस्ता घटनाहरु बढ्ने सक्ने तर्फ संकेत गर्दै थापाले कोरोनाको समयमा महिला हिंसाका घटनाले बढोत्तरी पाएको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button