पोखराको पृथ्वीचोकमा महिला मृत फेला

पोखरा न्यूज । पोखरामा सोमबार एक महिला मृत अवस्थामा फेला परेकी छन्  ।

पोखरा–९ पृथ्वीचोक स्थित पोखरा मल पछाडि टिनले छाएको छाप्रोमा ३५ वर्षीया कुमारी सुनारको शव भेटिएको कास्की  प्रहरीले जनाएको छ ।

विगत ८ महिनादेखि माईला साहुको टिनले छाएको छाप्रोको  कोठामा बस्दै आएकी सुनार  सोमबार विहान ८.३० वजे खाटमा सुतिरहेको अवस्थामा मृत भेटिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो  ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button