संसदमा घटेको घटना राजनितिक विचलन– मुख्य मन्त्री पोख्रेल

पोेखरा न्यूज । प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोख्रेलले प्रदेश सभामा सोमवार घटेको घटना राजनितिक विचलन भएको बताउनुभएको छ ।

मंगलवार प्रदेश सभामा जवाफ दिंदै मुख्य मन्त्री पोख्र्रेलले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–“हिजो संसदमा जुन घटना घट्यो त्यो राजनितिक विचलन थियो, सभामुख माथी अमर्यादित व्यवहार सँगै भएका घटनाको इतिहासले मुल्याकंन गर्नेछ ।” उहाँले प्रदेशको राजधानी तोक्ने विषय गम्भिर रहेको भन्दै तराई, पहाड र हिमाल जोड्ने मान्यता अनुरुप नै राप्ती उपत्यकालाई प्रस्ताव गरिएको बताउनुभयो ।

सभामा वोल्दै मुख्य मन्त्री पोख्रेलले राप्ती उपत्यकाको भालुवाङलाई प्रदेश राजधानी तोक्ने विषय कुनै राजनितिक पुर्वाग्रह नभएको उल्लेख गर्दै अहिले नै राजधानी तोकेर त्यहाँसर्ने नभई त्यहाँको विकास पछि मात्रै राजधानी सर्ने र यसवारे राजनितिक दलहरुले जनताहरुलाई भ्रमवाट मुक्त पार्नु पर्ने बताउनुभयो । “अहिले हामीले भर्जिन शहरको रुपमा भालुवाङलाई विकास गर्न चाहन्छौ, त्यो तोक्नका लागि तोकेका होइनौ” उहाँले भन्नुभयो–“लुम्विनीको नामले पनि सवैको साझा मनोविज्ञानलाई समेत समेटेको छ ।”

विश्वका ठूला शहरका राजधानीहरुको विकास नदी किनारमा रहेको बताउँदै मुख्य मन्त्री पोख्रेलले बताउँदै विश्वका ति इतिहासवाट सिकेर नै प्रदेश सरकारले राप्ती नदी किनारमा रहनुपर्छ परिकल्पना गरेको उहाँले बताउनुभयो । उहाँले यस विषयमा विमती राख्न नहुने बताउँदै हिजोको घटनाले नमिठो धक्का लागेको बताउनुभयो । उहाँले भन्नुभयो–“हिजोको घटनालाई विर्सेर हामी अघि वढ्नुपर्छ ।” राजधानीको विस्तृत परियोजना निर्माणका लागि अझै २ वर्ष लाग्ने भएकोले पनि कोभिड विरुद्ध लड्दै प्रदेशको समृद्धीका लागि अझै धेरै काम गर्न वाँकी रहेको बताउनुभयो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button