रिजन गिरीको ’दशैँ’ गीत सार्वजनिक

पोखरा न्यूज । गायक रिजन गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ’दशैँ’ सार्वजनिक गर्नुभएको छ । खुशी र सुखी हुने सपना देखेर परदेशिएका नेपालीहरुको भावना यस गीतमा सुन्न सकिन्छ। आजभन्दा १६ वर्ष अघि इराकमा १२ नेपालीको बीभत्स हत्या गरिएको सत्य घटनालाई आधार बनाएर गीत तयार पारिएको छ ।

गीतमा गायक रिजन गिरी र उहाँकी आमा गंगा गिरीको शब्द, संगीत र स्वर रहेको छ। यस गीतलाई सम्पुर्ण ताम्राकारले संगीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा वरिष्ठ कलाकार लक्ष्मी गिरी सहित कुशेन्द्र पुरुष ढकाल, रिजन गिरी र एलिजा न्यौपाने गिरी समेतका कलाकारहरुको अभिनय रहेको छ ।

सृजन प्रजापतिले छायांकन गरेको भिडियोलाई निश्चल जंग कार्कीले सम्पादन गर्नु भएको हो । रिजन गिरीको परिकल्पना र कथा रहेको भिडियोलाई अनिल न्यौपानेले निर्देशन गर्नुभएको छ । गायक गिरीकै युट्युव च्यानल रिजन गिरी मार्फत भिडियो सार्वजनिक भएको हो। गायक गिरीले भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पुर्ण दर्शक, श्रोतालाई आग्रह गर्नुभएको छ । मेहनतका साथ गीत तयार पारिएकोले दर्शक श्रोताको माया पाउने उहाँको विश्वास छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button