कतारले कोरोनाको खोप निःशुल्क उपलव्ध गराउने

दोहा कतार । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको खोप सरकारले कतारका सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारी हमाद अस्पताल संक्रमक रोग प्रमुख डा अव्दुल्लातिफ खलले एक अन्तरवार्ताका उक्त कुरा बताएका हुन ।

कतारको स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय रूपमा खोप विकास गरिरहेको फाइजर र बायोनटेक कम्पनीसँग अग्रिम सम्झौता गरी सकेकोर सन् २०२१ को केही महिना भित्रै खोप उपलब्ध हुने खलले बताएका छन् ।

खोपको विश्वभरबाट उच्च माग भएको हुँदा कतारमा सुरुमा बिरामीहरूलाई प्राथमिकता दिने र क्रमशः व्यक्ति, परिवार तथा समुदायमा उपलब्ध गराईने भएको छ ।

कतारमा हालसम्म १ लाख २६ हजार भन्दा बढी कोरोनाका सङ्क्रमित फेला परेका छन् जस मध्य १ लाख २३ हजार भन्दा बढीले स्वास्थ्य लाभगरी सकेका छन् । कोरोनाका कारण २१६ जनाको मृत्यु भई सेकको छ जसमा १८ जना नेपाली नागरिक रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button