हिमालयन एक्सट्रीले पोखरामा अन्तर्राष्ट्रिय सहासिक ट्राइयाथलन गर्ने

पोखरा  । हिमालयन एक्सट्रीको आयोजना तथा नेपाल ट्राइयाथलन संघको पहलमा पोखरामा अन्तर्राष्ट्रियस्तरको सहासिक ट्राइयाथलन ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ हुने भएको छ ।

‘एक्सट्रा वर्ल्ड टुर’ नाम वाट सञ्चालन हुने यो प्रतियोगिता विश्वका १५ वटा मुलुकमा आयोजना हुने गरेको छ भने यो प्रतियोगिता एसिया महादेशको नेपालमा पहिलो पटक हुन लागेको हो । “नेपाल सहासिक खेलकुद गन्तव्यका रुपमा विश्वमानै परिचित हुन थालेकोले हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं” टुरका कोडाइरेक्टर रिक्की योन्जनले भन्नुभयो–“यो वर्ल्ड एक्स्ट्रिम टुर हो, दक्षिण एसियामा नै यस्तो प्रतियोगिता आयोजना गर्ने नेपाल पहिलो देश हुनेछ भने एसियामा ताइवानले समेत पहिलो पटक यो प्रतियोगिता गर्ने भएको छ ।”

पोखरामा आयोजना हुने यो ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ फरक प्रकृतीको रहेको संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताउनुभयो । आगामी २०२१ मे ८ अर्थात २०७८ वैशाख २५ गते आयोजना हुने यो ट्राइयाथलनमा ३.८ किलोमिटर पौडी, १७५ किलोमिटर साइक्लिङ र ४५ किलोमिटर दौड समावेश हुनेछ । “यो सामान्य ट्राइयाथलन होइन”, उहाँले भन्नुभयो–“यो साहसिक ट्राइयाथलन हो र यसका लागि विश्वका धेरै सहासिक खेलमा रुची राख्ने धेरै खेलाडी सहभागी हुन चाहन्छन ।”

पोखरामा आयोजना हुने उक्त प्रतियोगिताका लागि ६३ जना विदेशी खेलाडीले नाम दर्ता गराई सकेका छन भने १ सय जना खेलाडीहरु यसमा सहभागिता जनाउने को डाइरेक्टर योन्जनले बताउनुभयो । “पौडीको कार्यक्रम फेवातालमा हुने भएपनि साइक्लिङ र दौड भने हाइअल्टिच्युड क्षेत्रमा हुनेछन” उहाँले भन्नुभयो–“त्यसैले पनि यसको महत्व धेरै छ किनभने यो अहिले सम्मकै उच्च भुभागमा हुँदैछ ।”

पोखरामा आयोजना हुने यो प्रतियोगिताले पोखरालाई सहासिक खेलकुदको गन्तव्यका रुपमा पहिचान गराउन समेत महत्वपुर्ण भुमिका खेल्ने नेपाल ओलम्पिक कमिटीका महासचिब समेत रहनुभएका श्रेष्ठले बताउनुभयो । यो प्रतियोगितामा सहाभगिता जनाउन आइरन म्यानको समेत उपाधी जित्न सफल वेलायत निवासी सन्तोष राई र १३ औं सागमा स्वर्ण पदक विजेता सोनी गुरुङले समेत नाम दर्ता गराई सकेका छन ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका वोर्ड सदस्यहरु समेत यसको आयोजक भएकोले यसको थप महत्व रहेको बताउँदै कोडाइरेक्टर योन्जनले कोभिडका कारण आयोजनामा केही व्यवधान आउने हो की भन्ने विषयमा समेत आयोजक पक्ष सचेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले सम्म कोभिडका कारण खेलकुद क्षेत्र वन्द अवस्थामा छ, कहिले खुल्ने यकिन नभएकोले पनि हामीले गर्ने भनेका केही कार्यक्रमहरुलाई पछि धकेलेका छौं ।”

यो प्रतियोगिता विश्वका नर्वे, स्कटल्याण्ड, स्विजरल्याण्ड, स्वेडेन, इटाली, व्राजिल, अमेरिका, ग्रिस लगाएतका मुलुकमा हुँदै आएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button