व्याडमिन्टन छानविन उपसमितकोे प्रतिवेदनः “खेलाडीले जुता नपाएको साँचो हो” संयोजक– भट्टराई

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा व्याडमिन्टन अनियमितता छानविन गर्न वनेको उपसमितीले आफ्नो प्रतिवेदन वुझाएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार)को निर्देशनमा राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठित उपसमितीले राखेपका सदस्य सचिव रमेश कुमार सिलवाललाई प्रतिवेदन वुझाएको हो । छानविन उपसमितीको संयोजकमा राखेपका सदस्य गोविन्द प्रसाद भट्टराई रहनु भएको थियो । छानविनका लागि गठित उपसमितीले ५२ दिनमा छानविनलाई पुर्णता दिएको हो ।

छानविनमा सागमा सहभागी भएका खेलाडीले जुता नपाएको कुरा साँचो रहेकोे जनाएको छ भने नेट, स्टाण्ड, अम्पायर चियर, खेलाडीको टिसर्ट, कट्टु लगाएत अन्य खेल सामाग्रीहरुको विल भुक्तानी भएको तर सामान भने स्टोर दाखिला नभएको तथा खेलाडीले पनि भने जस्तो गरि सामान नपाएको जनाइएको छ ।

उपसमितीले वुझाएको ४१ पानाको प्रतिवेदनमा खेलाडी लगाएत २३ जना सँग वयान लिएको थियो भने विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरुलाई समेत आधार बनाएको थियो भने छानविनका क्रममा ५ जना सँग पुनः वयान लिएको उपसमितीका सँयोजक भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो–“यो राखेपको इतिहासमा नै पहिलो पटक यस्तो छानविन भएको हो, यो छानविनले नेपाली खेलकुदको व्यवस्थापन पक्ष कमजोर रहेको मैले व्यक्तिगत रुपमा अनुभव गरेको छु ।” छानविनका क्रममा एक दर्जन भन्दा धेरै वैठकहरु गरिएको बताउँदै दोषी भने उम्कन नसक्ने उहाँले बताउनुभयो ।

सागमा हतारमा मौखिक रुपमा हतारमा खरिद भएका सामाग्री र राखेप तथा संघका पदाधिकारी विच समन्वयको अभाव जस्ता कुराहरुले पनि यस्ता कुराहरुले प्रसय पाएको उल्लेख गर्दै दोषी उपर कार्वाहीको प्रक्रिया अघि वढाउन र जो–जो यसमा संलग्न देखिएका छन उनीहरुवाट विगो वरावरको रकम उपलव्ध गराउन पनि प्रतिवेदनमा उल्लेख गरिएको संयोजक भट्टराईले बताउनुभयो ।

छानविन समितीका एक सदस्यले म्याटमा समेत गलत तरिकाले भुक्तानी भएको बताउनुभयो । “म्याट होस वा अन्य सामाग्रीहरु विल पनि छन भुक्तानी पनि भएको छ, तर सामान भने छैनन ।” म्याटको खरिदमा समेत चलन चल्ती भन्दा दोव्वर रकममा खरिद भएको देखिएको छ । “हतारमा खरिद गर्दा वा वजारमा सामानको अभावले खरिद मँहगो भएको पनि हुन सक्छ” संयोजक भट्टराईले भन्नुभयो–“यो वा त्यो दोषी भन्नु भन्दा पनि त्यस्ता कमजोरीहरुलाई आगामी दिनमा निरुत्साहित गर्न राखेप गम्भिर हुन आवश्यक छ ।”

यता सागमा व्याडमिन्टनमा खेल सामाग्री खरिदमा भएको कुरा सार्वजनिक गर्ने राखेपका सदस्य सुभाष श्रेष्ठले दोषीलाई हदै सम्मको कार्वाही गर्नुपर्ने बताउनुभयो । “चाहे संघका पदाधिकारी हुन वा राखेपका कर्मचारी जो सुक्रै भए पनि कार्वाही गर्नुपर्छ ।” उहाँले दोषीलाई सजाय दिन राखेपमा छलफल अघि वढाउने बताउनुभयो । उहाँले विलमा उल्लेख भए वमोजिमका सामानहरु समेत नभएको बताउँदै २० हजार पर्ने ४ वटा अम्पायर चियर, २ हजार ८ सय ५० पर्ने कर्कलाई ४ हजारमा खरिद गरिएको, १–१ सय वटा स्ट्रिङ खरिद विलमा उल्लेख भए पनि ४०–४० वटा मात्रै रहेको बताउनुभयो ।

नेट र नेट पोष्ट खरिद विलमा ११ लाख उल्लेख भए पनि सामाग्री नै नभएको, खेलाडीको टिसर्ट तथा कट्टु २–२ थान उल्लेख गरिए पनि १–१ थान मात्रै खेलाडीले पाएको र २ लाख ७० वरावरका २७ थान जुता खेलाडीले नपाएको राखेप सदस्य सुभाष श्रेष्ठले बताउनुभयो ।

सागमा व्याडमिन्टनको सामाग्री खरिदमा व्यापक अनियमितता भएको वाहिरिएपछि राखेपले वोर्ड सदस्य भट्टराईको संयोजकत्वमा ५ सदस्यिय छानविन समिती गठन गरेको थियो । छानविन समितीमा राखेपका कानुन शाखा प्रमुख नारायण राज अर्याल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीको निर्देशक महेन्द्र राई, लेखा प्रमुख पासाङ शेर्पा रहेका थिए ।

१३ औं साग अन्तरगत व्याडमिन्टन खेल पोखरामा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button